जनक के.सि.नेपालगन्ज
बाँके जिल्लाको नेपालगन्ज रंगशालामा भएको फुटबल खेलमा न्यु बागेश्वरी नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज तेस्रो दिन दुई खेल भयका छन।
आइतबार भयको पहिलो खेलमा न्यु डाँफे क्लबले सिटि युथ क्लबमाथि ५-० गोल अन्तरले बिजय प्राप्त गरेको छ।न्यु डाँफेका तर्फ बाट सन्देश गुरुङ्ग जर्सी न१० ले ह्याट्रीक गर्न सफल भय भने बिजय सिंह ठकुरिले १ तथा बिमल बस्नेत ले १ गोल गर्न सफल भयका छन।खेलमा आक्रमक देखियको न्यु डाँफेले धेरै अवसर खेर फालेको थियो।एक पक्षिय खेलमा खेल अबधिभर न्यु डाँफे मैदानमा हाबी देखियो।सो खेलका म्यान अफ द म्याच ह्याट्रीक गोलकर्ता न्यु डाँफेका सन्देस गुरुङ्ग भय उक्त पुरुस्कार एन्फाका पुर्ब केन्द्रिय उपाध्यक्ष गोबर्द्दन सिंह सम्झनाले प्रदान गर्नु भयको थियो।
तेसैगरि आइतबारको दोस्रो खेलमा नबदुर्गा युवा क्लब र दङ्गा प्रहरिबिचको खेलमा३-२ गोल अन्तरले नबदुर्गा बिजयी भयको छ।सो खेलमा नबदुर्गाका बिनोद बुढाथोकि प्रेम प्रकाश क्षेत्री र नेयमा हमालले तथा दङ्गा प्रहरिको तर्फ बाट शंकर थापाले २ गोल गरेका थिय।उक्त खेलमा नबदुर्गाका बिनोद बुढाथोकी म्यान अफ द म्याच भयका थिय।उनलाइ दङ्गा प्रहरि गण का एसपी राम प्रकाश शाहले गर्नु भयको थियो।
भोलि तीन खेल हुनेछन। बिहान पहिलो खेल भैरब प्रसाद गण र युनाइटेड क्लब बिच दिउस न्यु डाँफे र रेसिङ्ग सहारा तथा अर्को खेल आरएनवाइसी र धम्बोजी क्लबका बिच हुने छ।
२१ गते सम्म चल्ने खेलमा भोलि दिउँसो देखि क्वाटर फाइनल खेल हुने आयोजक क्लबका महासचिव तथा प्रतियोगिताका संयोजक दिर्घराज आचार्यले जानकारी दिनुभयो।