बारबर्दिया पुर्ण खोप नगर सुनिश्चितता घोषणा
बर्दिया जिल्लाको बार बर्दिया नगरपालिका जयनगर स्थित अंशुवर्मा माध्यमिक बिद्यालयको
हलमा आइतबार “स्थानीय श्रोतको उपयोग,स्वामित्व र सहभागिता,पुर्ण खोप सुनिश्चित,बारबर्दिया नगरपालिका हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ बार बर्दिया नगरपालिका नगर प्रमुख छबिलाल थारुको अध्यक्षतामा जिल्ला समन्वय प्रमुख सुर्य बिष्टको प्रमुख आतिथ्यमा पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।
उक्त कार्यक्रममा बारबर्दिया नगरपालिका उप प्रमुख रत्न कुमारी पान्डे प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाही,नगर खोप समन्वय समिति बारबर्दिया नगरपालिका महिला स्वास्थ्य स्वयंसेविका संन्जाल प्रमुख कमला ज्ञवाली
स्वास्थ्य शाखा प्रमुख डिल्लिराज शर्मा लगाएत वडा अध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्यहरु स्वास्थ्य स्वयंसेविकाहरु कर्मचारी संन्चारकर्मी लगाएतको उपस्थितिमा बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख शर्माले स्वास्थ्य सम्बन्धि प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।