कोहलपुर २२ असोज
बाँकेको बैजनाथ गाउँपालिका वडा न १ चिसापानीमा बालिका आत्म हत्या प्रोत्साहन गरेको भन्दै एक विद्यालयका संचालक पक्राउ परेका छ्न । दिपज्योती माध्यमिक बिद्यालयका संचालक दमन पान्डेले आफ्नै स्कुलमा अध्ययनरत छात्रालाई यौन शोषण गरेर आत्महत्या गर्न प्रोत्साहित गरेको भन्दै अभिभावकहरुले बिद्यालय घेराउ गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रबिन्द्र खनालले घटना बारे अनुसन्धान भैरहेको बताए ।