बाँके:बैजनाथ गाउँपालिका ३ श्री चेतनशिल बाल क्लब कमला आचार्यको अध्यक्षता एवं वडाको आर्थिक सहयोग र बाल क्लबको आयोजनामा ५९ औं बाल दिवसको अवसर पारेर बिद्यालय स्तरीय नृत्य प्रतियोगिता वडा अध्यक्ष निखिल बैगारको प्रमुख आतिथ्यमा शुक्रवार सम्पन्न भएको छ।
उक्त नेरामाबि नौवस्ताका प्र अ देबि लाल बि क सरस्वती माबि बैरहवाका शिक्षक रामलाल देवकोटा गाउँपालिका स्तरीय बाल संजालको अध्यक्ष कमल बुढाथोकी लगाएत बैजनाथ ३ का ७ वटा बिद्यालयहरुको सहभागिता रहेको थियो।
प्रथम नेरामाबि नौवस्ताका एलिना रोकाय द्वितीय सरस्वती मा बि बैरहवाका प्रेमिका के सि तृतीय अम्मरज्योति प्राबि सुतैयाका ऋतु बि सि बागेश्वरी मा बि गाभरका प्रतीक्षा कार्कीले सान्त्वना स्थान हासिल गरेका थिए।
नृत्य प्रतियोगितामा वडामा रहेका माध्यमिक बिद्यालयहरु सहभागी भएका थिए।प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई वडा अध्यक्ष बैगारले पुरुस्कार बितरण गर्नुभएको थियो।प्रमुख अतिथि वडा अध्यक्ष निखिल बैगारले कोई पनि बालबालिकाले बालश्रममा बाल योन शोषण दुव्र्यवहार जस्ता कुराहरु बाट परै राख्न स्थानीय वडा सरकारले आवश्यक सहयोग गर्ने बताए। अब आगामी दिनहरुमा वडाका बालबालिकाहरुलाई शिक्षा,स्वास्थ्यमा सगज पहुँच र बालश्रममा बालबालिका प्रयोग नगर्न सबैलाई अनुरोध गर्नुभयो ।
स्थानीय वडा बाट हुने सम्पुर्ण सेवा सुबिधा प्रदान गर्ने साथै आवश्यक बजेट बालबालिकाहरुका लागी ब्यवस्थापन गरेर बालबालिकाहरुको सर्बाङ्गिन बिकास गर्ने प्रतिबद्धता सहित ५९ औं बाल दिवसको शुभकामना ब्यक्त गर्नुभयो ।