तर विगत साढे दुई दशकदेखि नेपाली काँग्रेस दिर्घरोगको शिकार बनेको छ । त्यो हो, घात, प्रतिघात, अन्तर्घात र त्यसको परिणाम स्वरुप राष्ट्रिय राजनीतिमा पक्षघात । यही रोगको कारण इतिहास साक्षी छ, काँग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईदेखि कैंयन गनेचुनेका नेता मात्र होइन तल्लो तहका कार्यकर्ता समेतको पटक पटक चुनावी राजनीतिको भुङग्रो अनायसै पिल्सिए । त्यो पनि विरोधीको कारण होइन, आफ्नै सहकर्मी र सहधर्मीहरुको राजनीतिक अर्धमिता र अर्कमण्यताका कारण ।
विशेषगरी लौह पुरुष कमण्डर र सर्बोच्च नेता गणेशमान सिहंको कमाण्डमा २०४६ सालको राजनीतिक परिवर्तनले स्थापना गरेको बहुदलीय संसदीय प्रजातन्त्रिक कालमा सुरु भएको यो घात, अन्तर्घातको संस्कृतिले काँग्रेसभित्र यति बलियो जरा गाड्यो कि अन्ततः त्यो काँग्रेसभन्दा बलियो गुट–उपगुटमा परिणत भयो ।
बौद्धिक नेपाली काँग्रेसका नेता प्रदिप गिरी पटक–पटक अन्तर्वार्ता, टेलिभिजन मर्फत र शब्दहरु दिइरहनु हुन्छ । त्यो गुट–उप–गुटबाट गुटिका र गिरोहमा परिणत भयो ।
काँग्रेसले नेपाली शब्दकोषमा ‘अन्तर्घात’ पदवालीको अभयदान दियो । जसले गर्दा लोकतन्त्रका हरेक लडाईमा सँधै मियोको रुपमा रहेको काँग्रेस चुनाबको राष्ट्रिय राजनीतिमा पटक–पटक पाखामा ‘पाहा’ पछारिए झैँ पछारियो । यसरी पछारिएर घाइते बेनेका हरेक नेतादेखि कार्यकर्ताको एउटै गुनासो छ, गुट–उपगुटको राजनीतिको अन्त्यविना कांग्रेस उँभो लाग्दैन ।