बैजनाथ समाचारदाता
सोमबार १३ बैशाख
बाँके जिल्लाको बैजनाथ गाउँपालिका ६ स्थित न्यु हरियाली सामुदायिक बन तथा न्यु जर्नी युथ क्लबको हलमा बिगत करिब एक महिना देखी बेद बाँस तालिम मुख्यमन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत बिपन्नपरिवारका सदस्यलाई सिपमुलक बेत बाँसका सामाग्री निर्माण तालीम अन्तर्गत(३९० घन्टा) संचालन स्किल टे्रनिङ एन्ड रिसर्च कन्सटेन्सि प्रा.लि. नेपालगन्जको प्राबिधिक सहयोगमा संन्चालन भैरहेको छ।
प्रशिक्षक अमर कुंवरले यस बेत बाँस तालिम पश्चात आत्मनिर्भर हुने र कम लगानीमा ब्यापार ब्यवसाय शुरु गर्न सकिने भएकाले प्रायजसो महिलाहरुको रोजाईमा पर्ने गरेको बताउनु हुन्छ। तालीममा सहभागी स्थानिय कृष्णा ओलि भन्नुहुन्छ :- घरेलु काम गरेर बचेको समय सदुपयोग गर्न सकिने र आयस्रोत बाट कसैको भर पर्न नपर्ने भएकाले आफु तालिममा सहभागी भएको बताउनुभयो ।
न्यु हरियाली सामुदायिक बन का अध्यक्ष स्थानीय समाजसेवी नन्द विश्वकर्मा भन्नुहुन्छ : बेत बाँसको सामाग्री निर्माण गर्ने काम यहाँका स्थानीयहरुका लागी अति उपयोगी साबित हुने छ । उहाँहरुले कत्तिको बिबेक प्रयोग गरेर सिक्नु हुन्छ त्यसमाथि पनि भर पर्छ लुम्बिनी सरकारको यो मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार योजना बाट बिपन्न र पिछडिएका परिवार यस कार्यक्रम बाट लाभान्वित हुने छन् । आगामी दिनमा आफ्नो बनमा भएका बाँसको प्रयोग मार्फत सिप सिकेका युवा युवती महिला सबैलाई यस्ले लाभ पुर्याउने बताउँनु हुन्छ।