बाँके: राप्तीसोनारी गाउँपालिका-८ शम्शरेगञ्जमा शुक्रबार बेलुका करिब ९:१५ बजेको समयमा ना ७ ख २३२१ नम्बरको बस पुर्ब पश्चिम महेन्द्र राजमार्ग मा पुर्ब बाट पश्चिम आउँदै गर्दा सोहि तर्फ ना ८ ख ६४०५ नम्बरको गियर बक्स बिग्रेर सडकमा रहेको ट्रकमा ठाेक्किदा ठाकुरबाबा नगरपालिका ९ बेतहनी सामुदायिक बन उपभोक्ता समुह बाट दाङ पिकनिकमा घुम्न गएका गम्भिर घाईते भएका बसमा सवार चालक र सह चालक सहित ७ जना लाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कोहलपुरले जानकारी दिएको छ।
गम्भीर घाइते अन्य ४ जनालाई नेपालगन्ज मेडिकल कलेज नर्सिङहोम नेपालगन्ज थप उपचारका लागी रिफर गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ३ महिला र ४ पुरुष गरि ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका ९ का कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चाैधरी, चालक गोविन्द जंग शाही र सह चालक बार बर्दिया नगरपालिका रम्मापुर निवासी कार्कीलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।
उक्त बसमा कुल ४१ जना सवार रहेको खुल्नमा आएको छ।घाईते ३४ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको र केहि को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।भने २ जनालाई सामन्य उपचार पछि डिस्चार्ज गरेको छ।
बर्दिया ठाकुरबाबा नगरपालिका ९ बेतहनीबाट सामुदायिक वन समुहकाे टाेली दाङ भ्रमणमा गएको थियो । भ्रमणबाट फर्किने क्रममा बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शरेगञ्ज स्थित पुर्ब पश्चिम महेन्द्र राजमार्गमा रोकिराखेको अवस्थामा रहेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको हो।
दुर्घटना के कारणले भएको भन्ने बारे ईलाका प्रहरी कोहलपुरले घटना बारे थप अनुसन्धान भैरहेको जानकारी दिएको छ।
पुर्ब पश्चिम महेन्द्र राजमार्ग बाँके राष्ट्रिय निकुन्जको क्षेत्रभित्र तीब्र गतीका कारण दुर्घटना हुनुमा निकुञ्ज समेत दोषी देखिन्छ।बर्दिया राष्ट्रिय निकुञ्जमा गती सिमित गर्न टाईम कार्ड लागु गरेको छ। तर बाँके राष्ट्रिय निकुन्जको क्षेत्रमा यसरी तीब्र गतिका कारण दुर्घटनामा परि अकालमै ७ जनाले ज्यान गुमाउनु पर्यो। अझै थपको अवस्था गम्भीर रहेको छ। जिल्ला प्रशासन कार्यालय,नेपाल आर्मी,ईलाका प्रहरी कार्यालय कोहलपुर,बाँके राष्ट्रिय निकुन्जले यस्तो तिब्र गति नियन्त्रण गर्न टाईम कार्ड तुरुन्तै लागु गर्न पर्छ । हैन भने यो दुर्घटना एउटा उदाहरण मात्र हैन यस अघि पनि उपप्रधानमन्त्री पुर्ण बहादुर खड्काको भाईबुहारीको समेत तीब्र गतिमा गाडी कुदाउनुको कारणले अकालमै ज्यान गुमाउनु परेको थियो।सम्बन्धित निकायहरुले बेलैमा यस बारे सोच्ने हैन भने अझै कतिको अकालमै ज्यान जाने हो ।निकुल्जमा संरक्षण गरेका जंगली जनावर समेत पटकपटक गाडीको ठक्कर बाट मृत्यु हुने गरेको छ। जंगली जनावरको मृत्यु हुँदा कयौं चालकले सजाय भोगेका छन् । अब यसरी मान्छेको मृत्युको कारण चालकको समेत मृत्यु भएको छ। तर चालक नभएर गती सिमित नगर्ने सम्बन्धि निकाय सजायको भागिदार हुन्छ त ? सरकारले नियम निति निर्माण गर्ने त नागरिकहरुको जिउधनको सुरक्षाको लागी होला नि हैन र ? कि सम्बन्धित निकाय लगाएत निकुन्ज गाडी चेकजाँच र तालिम सेमिनारहरुमा मात्र सिमित हुनु भएन ।
यो मृत्युको जिम्मेवारी लिन पर्दैन ? कि त गति सिमित गर्न पर्यो।
कयौं दुर्घटनाको कारण तीब्र गति सिमित गर्नुपर्ने ठाँउमा समेत गति सिमित नगर्नु कारण बनेको पाईन्छ ।यो दुर्घटना बाट पाठ सिकेर गति नियन्त्रण गर्न समय कार्ड लागु गर्ने र बेला बेलामा चालक सह चालकलाई जनचेतनामूलक कार्यक्रममा सहभागी गराए । आगामी दिनहरुमा पक्कै पनि दुर्घटना न्यूनीकरण हुनेछ।