Friday, November 22, 2024
spot_imgspot_img
Homeराष्ट्रियबेलौरीमा ११ गतेसम्म निषेधाज्ञा

बेलौरीमा ११ गतेसम्म निषेधाज्ञा

बैजनाथ समाचारदाता,कञ्चनपुरको बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि नगर क्षेत्र भित्र निषेधाज्ञा जारी गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको स्थितिलाई मध्यनजर गर्दै बेलौरीमा संक्रमण थप फैलिन नदिन र भिडभाड न्यूनीकरण गर्न पुस ५ गते आइतबार देखि पुस ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बेलौरी नगरपालिकाले जनाएको छ ।

शनिबार दिउँसो बेलौरी नगर कार्यपालिकाको बैठक बसी बेलौरी नगर क्षेत्र भित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघसंस्था, वित्तिय संस्था, शिक्षण संस्था, व्यापारिक व्यवसाय, सीमा नाका र सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख पोतिलाल चौधरीद्वारा जारी सूचना पत्रमा उल्लेख गरिएको छ । औषधालय, आयल स्टोर तथा उखु किसानका उखु ढुवानी साधन भने खुला रहने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments