Sunday, November 24, 2024
spot_imgspot_img
Homeयुनिक गतिबिधिबैजनाथका अध्यक्ष रुचालको जिवनशैलि

बैजनाथका अध्यक्ष रुचालको जिवनशैलि

  • बाँकेको बैजनाथ गाउँपालिका प्रदेश ५ कै नमुना बनाउने योजनामा सबै बैजनाथका जनप्रतिनिधिहरु एकजुट भएका छन् ।स्थानीय सरकार प्रमुख मान बहादुर रुचाल को प्रमुख योजनाको को रूपमा स्थानीय बिकाश नै रहेको छ ।जसमध्ये उदाहरण यस्ता छन:-चिसापानी बाँके राष्ट्रिय निकुञ्ज लाई छोएको होस चाहे गाभरभ्याली होम स्टे र लाईन्स पार्क सन्चालनले होस या पितमारी औद्योगिक करिडाेर जताततै रुचाल सरकारको चर्चा छ त्यसमा झनै धेरै चर्चा रुचाल शुरुदेखिनै आफु एउटा सामान्य घरमा बस्छन् र सामान्य आफ्नो निजि होन्डा साईन बाईकमा दैनिक कार्यालय आउने जाने गर्छन् ।जबकी आफ्ना सहकर्मी सबै वडा अध्यक्षहरुलाई सरकारी बाइक उपलब्ध गराएका छन् भने उपाध्यक्ष समेत सरकारी स्कुटर प्रयोग गर्ने गरेका छन् ।
    अरुलाई सेवा सुबिधा दिएर आफु निजि बाईकमा सवार हुनुको एउटा मात्र कारण छ त्यो हो अरुभन्दा फरक र सामान्य जिबनसैका रुचाल कम बोल्ने र धेरै भन्दा धेरै काम गरेर उत्कृष्ट प्रतिफल चाहन्छन।
    अन्य छिमेकी गाउँपालिका नगरपालिका स्थानीय  सरकार प्रमुख को जिबनसैलिसंग उनको जिबनसैली  मेल खादैन ।शिक्षा,स्वास्थ,कृषि र स्थानीय पुर्बाधार सम्पन्न र दीर्घकालीन योजना सहित गुणस्तरीय बनाउन सके आगामी दिनमा भाबी पुस्ताले उनको सिको गर्नेछन् ।रुचाल कार्यालयमा पनि प्राय समय भन्दा पहिले नै पुग्ने गर्छन् । निर्णय पनि हेरौंला गरौंला जस्ता शब्द कहिले प्रयोग गरेनन् बरु यो काम हुन्छ या त्यो काम हुँदैन स्पष्ट बोल्छन् र उनको काममा स्पष्टता नै हुन्छ ।

    अन्य स्थानीय सरकार प्रमुखले स्वकीय सचिब र अलगै सल्लाहकार सचिवालय जस्ता स्थापना गरेर  विभिन्न प्रकारमा कार्यकर्ता बजाउने र स्थान दिने काम हुन्छ त्यसको विरुद्धमा रुचाल हुन्छन् उनि भन्छन् धेरै देखाएर ठुलो ठुलो भासण गरेर काम हुने हैन बरु काम गरेर काम हुने हो । यसमा उनिमात्र नभएर उनको सिङ्गो टिमले सहयोग गरेको छ । “हाम्रो गाउँपालिका राम्रो गाउँपालिका” बनाउन अग्रसरतामा लागी परेका सबै वडा अध्यक्षहरु आफ्नो वडाहरुमा बिबादास्पद काम नहोस् भन्ने चाहन्छन् सबै जनप्रतिनिधि ।यसरी चर्चाको शिखरमा पुग्न सफल मान बहादुर रुचाल । यो उनको चर्चालाई जोगाएर राख्न अझै चर्चामा पुर्याउन सहकर्मी सदस्य तथा सम्पुर्ण स्थानीय जनप्रतिनिधि बाट जनपक्षीय काम गराउन जरुरी छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments