बाँकेको बैजनाथ गाउँपालिका स्थानीय सरकार प्रमुख प्रकाश बहादुर शाहीले बुधबार अचानक कर्मचारीहरुको छट्के अनुगमन चेकजाँच गर्नुभएको छ।
अनुगमन गरे पछि अध्यक्ष शाहिले कार्यालय समयसिमा भित्र नआउने कर्मचारीहरुलाई कडा निर्देशन सँगै समय भन्दा पछि आउने र समय भन्दा पहिला नै कार्यालय बाट निस्कने दुबैखाले कर्मचारीलाई समयको भ्रष्टाचारको संज्ञा दिदै पहिलोपटक लाई निर्देशन दिईएको र पुनः दोहोरीएको खण्डमा कार्बाही गरीने अध्यक्ष शाहिले सम्पुर्ण कर्मचारीहरुलाई निर्देशन दिनुभएको सूचना अधिकृत तप्तराज आचार्य ले जानकारी दिनुभयो ।
साथै यो कर्मचारीहरुको लागि अध्यक्ष शाहीको अनुगमन निरीक्षण मा केही कर्मचारी समय सिमाभित्र कार्यालयमा अनुपस्थित भएको पाईएको थियो । उपाध्यक्ष निर्मला रोकायले भन्नुभयो यसरी समय भित्र अनुपस्थित भएर सेवाग्राही लाई दु:ख नदिन निर्देशन गरिएको छ पहिलोपटक लाई कर्मचारीहरुको नाम खुलाएका छैनौं यदि पुनः यस्तो गरेमा आगामी दिनमा नाम सहित सार्बजनिक गरेर सूचना नै जारी गर्ने र समय पनि भ्रष्टाचार हो यस्तो गरेको पाईएमा जो सुकै कर्मचारी लाई पनि कार्बाही गरीने अध्यक्ष शाहिले बताउनुभएको उपाध्यक्ष रोकायले जानकारी दिनुभयो ।