Thursday, November 21, 2024
spot_imgspot_img
Homeबिबिधबैजनाथका जेष्ठ नागरिकलाई सम्मान

बैजनाथका जेष्ठ नागरिकलाई सम्मान

बैजनाथ सम्बादाता
बाँकेको बैजनाथ गाउँपालिका द्वारा शुक्रबार “जेष्ठ नागरिक हाम्रा प्रेरणाका श्रोत हुन”भन्ने मुल नाराका साथ बैजनाथ गाउँपालिका जेष्ठ नागरिक सम्मान कार्यक्रममा बैजनाथ गाउँपालिकामा बसोबास गर्ने ७१ बर्ष देखि ७३ बर्ष समुहका जेष्ठ नागरिकहरुलाई चिसो मौसममा तातो पानी खुवाउने उदेश्यका साथ पानी तताउने विद्युतिय जग हस्तान्तरण गरेर सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकाय सामाजिक बिकास समिति संयोजक भुमिसरा राना सामाजिक बिकास समिति सदस्य धिरेन्द्र सिंह ठकुरी बैजनाथ १ का वडा अध्यक्ष रुप बहादुर मल्ल २ का वडा अध्यक्ष राजु रुचाल ३ का वडा अध्यक्ष निखिल बैगार ४ का वडा अध्यक्ष प्रेम बहादुर शाही ५ का कार्यवाहक अध्यक्ष रजितराम यादव ७ का वडा अध्यक्ष दिनेश कुमार थारु लगाएत वडा सदस्यहरु स्थानीय जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो।

उक्त सम्मान कार्यक्रममा ७१ बर्ष देखि ७३ बर्ष समुहका जेष्ठ नागरिकहरुलाई सम्बन्धित वडा कार्यालयमा पुगेर सम्मान कार्यक्रम अन्तर्गत बैजनाथ गाउँपालिका स्थानीय सरकार प्रमुख प्रकाश बहादुर शाहीले जेष्ठ नागरिक राष्ट्रको धरोहर भएको र जेष्ठ नागरिक एवं मातापिताको सेवा गर्नु नै भगवानको सेवा गरे सरह भएकोले अहिलेको नयाँ पीडिलाई उच्च स्थान तथा विभिन्न उच्च पदमा पुर्याउने काम जेष्ठ नागरिकले गरेको बताउदै अध्यक्ष शाहिले प्रशंसा समेत गर्नुभएको थियो। साथै आज आफुहरुले जेष्ठ नागरिकलाई सम्मान गरे भोलि भबिस्यमा आफुहरुलाई समेत नयाँ सन्ततीले सेवा तथा सम्मान गर्ने सबै बर्ष समुहका जेष्ठ नागरिकहरुलाई विभिन्न सामाग्री प्रदान गरिएता पनि यो पटक चिसोमा तातोपानी तताउन विद्युतिय जग हस्तान्तरण भने ७१ बर्ष देखि ७३ बर्ष सम्मका जेष्ठ नागरिकहरुलाई हस्तान्तरण गरीएको हो।

उपाध्यक्ष निर्मला रोकायले संघीय सरकारले जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएपनी स्थानीय सरकारको तर्फबाट थोरै भएपनी सबैलाई केही आवश्यक सामाग्री उपलब्ध गराएको बताउनुभयो।

सामाजिक बिकास समिति संयोजक भुमिसरा रानाले यसरी नै आगामी दिनहरुमा समेत यस्ताखाले जेष्ठ नागरिक सम्मान कार्यक्रम कस्ताखाले कसरी प्रभावकरी बनाउन सकिन्छ सल्लाह सुझाव दिन अनुरोध गर्दै यस्ताखाले कार्यक्रमको निरन्तरता दिने बताउनुभयो।

शुक्रवार गरिएको जेष्ठ नागरिक सम्मान कार्यक्रम बैजनाथ गाउँपालिका सामाजिक बिकास शाखा अन्तर्गत महिला बालबालिका एवं जेष्ठ नागरिक शाखा प्रमुख लक्ष्मि ज्ञवालिले कार्यक्रम संन्चालन गरेको जानकारी सामाजिक बिकास समिति संयोजक धिरेन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो साथै थप बैजनाथ ६ नम्बर वडा र बैजनाथ ८ नम्बर वडाका नागरिकहरुलाई आगामी हप्ता विद्युतिय पानी तताउने जग हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments