नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिका ६ निवासी ३५ बर्षका तेज राज खड्का र भुसन के सि लाई जब कोरोना पोजिटिभ देखियो सम्पर्कको आधारमा कोरोनाको स्वाब लग्दै जाने क्रममा खड्का परिवार का ५७ बर्षका ज्ञान कुमार खड्का ५७ बर्षका राधिका खड्का ३३ बर्षका डिल्लि राज खड्का ३ बर्षका दिब्या खड्का ५ बर्षका राजिब खड्का २७ बर्षका सर्मिला वलि र बैजनाथ गाउँपालिका नेकपा युवा तथा खेलकुद बिभाग संयोजक न्यु जर्नी युथ क्लब का संरक्षक तथा स्थानीय समाजसेवी युवा नेकपा बैजनाथ का नेकपा नेता दिल बहादुर विश्वकर्मा जसको नेतृत्वमा बैजनाथ गाउँपालिका ६ नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा संचालन गरिएको क्वारेन्टाइन बाँके जिल्लाको नमूना क्वारेन्टाइन बनाउन सफल भए।
त्यतिमात्र नभएर १०७ जना स्थानीय नागरिकहरु लाई सफलतासाथ कोरोना नेगेटिभ भए र घर गए तर यो समय पनि अचम्मको छ खांदै खेल्दै गरेर स्थानीयहरुको सेवामा समर्पित विश्वकर्मा लाई कोरोना पोजेटिभ देखियो । यो खबर सुन्दा उनको परिवार मात्र हैन पुरा गाउँनै त्रसित र चिन्तित भयो । २८ गते रिपोर्ट आएको कोरोना चेकजाँचमा पोजेटिभ देखीए पछि सम्पर्कमा आएका सबैलाई सचेत भएर कोरोना चेकजाँच गराउन अनुरोध गरे । उनिसंगै होटेल आईसोलुसनमा बसेका बर्दिया जिल्ला खेलकुद महासंघ अध्यक्ष राजु आचार्य आईतवार कोरोना जितेर घर फर्किएका छन् ।अब सबैलाई आफ्नो स्वास्थको ख्याल गर्न अनुरोध गर्दै उनले थपे यहाँ होटेल आईसोलुसनमा हामीलाई आफन्त आउँदा टाढा बाट हेर्दा मन रुन्थे अनि रुन मन लाग्थ्यो तर के गर्नु सामना गर्नुपर्ने रहेछ । केहि दिन अगाडि मात्र कोरोना जितेर फर्केका तेजराज खड्का भन्छन् अब हामि कोरोना को बारेमा अरुलाई सल्लाह दिन सक्छौ ।फरक केहि गरिएन यहाँ बस्दा मात्र समय तालिका अनुसार खाना नास्ता अनि तातो पानीको प्रयोगले हामीलाई नेगेटिभ देखायो । विश्व नै त्रसित बनाएको कोरोना जित्दा संसार जितेको झमहसुस भएको छ।
कोरोना परास्त गरेर घर फर्कने समयमा राष्ट्रिय युवा संघ बांके का सदस्य सुनिल रसाइली तरुन दल का नेता एवं स्थानीय समाजसेवी भुपाल पुन बर्दिया का युवा समाजसेवी एवं पुर्ब युवा सघ जिल्ला अध्यक्ष ध्रुब थापा र बैजनाथ राष्ट्रिय दैनिकका संरक्षक कृष्ण बि क ले कोरोना जितेका सबैलाई दोसल्ला ओडाएर स्वास्थ लाभको कामना सहित स्वागत गरेका थिए। आईतवार नेपालगन्ज धम्बोजी स्थित सिटि प्यालेसमा पुगेर बर्दिया जिल्ला खेलकुद अध्यक्ष राजु आचार्य र बैजनाथका युवा समाजसेवी दिल बहादुर विश्वकर्मा सहित बैजनाथ ६ निवासी खड्का परिवारलाई दोसल्ला सम्मान सहित स्वागत गरिएको संरक्षक बि क ले बताए। यस संगै बैजनाथले कोरोना जितेकोमा स्वागतमा उपस्थित सबैले खु शि व्यक्त गरेकछन्।
।