बैजनाथ सम्बादाता बाँके जिल्ला बैजनाथ गाउँपालिकाको निती तथा कार्यक्रम प्रस्तुत पछि आर्थिक बर्ष २०७९/८० को बजेट र त्यसमाथिको छलफल बैजनाथ गाउँपालिका रामपुरमा पालिकाको सभा हलमा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा भएको नियमित गाउँ सभामा अध्यक्ष शाहिले २०७९/०८०को पारित गरियोस् भनेर सभामा पेश गरेपछि सर्बसहमत बजेट पारित भएसँगै गाउँ सभा सम्पन्न भएको छ ।
उक्त गाउँ सभामा गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय सभाका सदस्य सचिब दान बहादुर ऐडि वडा नम्बर १ का अध्यक्ष रुप बहादुर मल्ल वडा नम्बर २ का अध्यक्ष राजु रुचाल, वडा नम्बर ३ का अध्यक्ष निखिल बैगार वडा नम्बर ४ का अध्यक्ष प्रेम बहादुर शाही वडा नम्बर ५ का अध्यक्ष देब बहादुर रावत वडा नम्बर ६ का अध्यक्ष भुपाल पुन मगर वडा नम्बर ७ का अध्यक्ष दिनेश थारु त्यसैगरी वडा नम्बर ८ का अध्यक्ष भग्गन थारु लगाएत बिषयगत समिति संयोजक कार्यापालिका सदस्य वडा सदस्यहरु लगाएत कर्मचारी संन्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा उठेका सवालहरुको जवाफ दिँदै अध्यक्ष शाहिले यो बजेट आफुहरु निर्वाचित भएपछिको पहिलो बजेट भएकाले सबैको सल्लाह सुझावका आधारमा निर्माण गरिएको हो । आवश्यकता अनुसार छलफल र अन्यत्र बजेट ब्यवस्थापन गर्न प्रदेश र संघ बाँकी भएकाले आवश्यक परामर्श गरेर सबै समस्याहरुको समाधान गरिने आर्थिक बर्ष २०७९/०८० को बजेट सभामा पेश भएपछि सर्बसहमत पारित गरि पास गर्नुभएकोमा सबैलाई धन्यवाद ब्याक्त गर्नुभयो।
बैजनाथ ५ का वडा अध्यक्ष देब रावतले पारित भएको बजेट स्वागतयोग्य छ र अब यो बजेटलाई कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको भएकोले स्वास्थ्य सामाग्री खरिद मात्र नभएर जनशक्ति सहितका ल्याब र स्वास्थ्य संस्था निर्माण गर्न गर्न सभा अध्यक्ष शाहीको ध्यानाकर्षण गराउदै बजेट लाई स्वागत गर्नुभयो। बजेटको बारेमा बोल्दै वडा अध्यक्ष राजु रुचालले धेरै राम्रो र स्वागत योग्य बजेट भएको बताउँदै प्रशंसा गर्नुभएको थियो भने किसानसँग पालिका अध्यक्ष कार्यक्रम अन्तर्गत सबै किसानहरुको घर खेतमा दीर्घकालीन योजना सहित सहि कार्यान्वयन गर्न जरुरी भएको बताउनु भयो। बैजनाथ ४ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले उपस्थित सबैको लागि यो बजेटकोले ठुलो महत्त्व भएकोले यो बजेट लाई सफल बनाउन सबैलाई एकजुट भएर लाग्न अनुरोध गर्दै बजेट स्वागत योग्य भएको बताउनुभयो ।
बैजनाथ ७ का वडा अध्यक्ष दिनेश थारुले समग्र रूपमा बजेट राम्रो आएकोले स्वागत गर्नुभयो भने बैजनाथ ७ मा धेरै किसानहरुले ब्यवसायिक कृषि गर्ने भएकाले पनि यो बजेट किसानमुखी भएको बताउनुभयो साथै कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको सिमानामा पर्ने नालामा पुल बनाउने ब्यवस्थापन गर्न सभा अध्यक्ष समक्ष माग पेश गर्दै सुगम नाम भएपनी त्यही एउटा पुलका कारण बैजनाथ ७ दुर्गम हुन पुगेको बताउदै जनमुखी किसानमुखी बाजेको स्वागत गर्नुभएको हो। ।बैजनाथ ८ का अध्यक्ष भग्गन थारुले बिगतको जस्तै बजेट आएकाले विभिन्न कार्यक्रमहरु पालिकामुखी नभएर वडामुखी बनाउन सुझाव दिंदै बजेटको स्वागत गर्नुभयो ।
सभाका सदस्य सचीव ऐडिले यो बजेट लाई सफल बनाउन सम्पुर्ण जनप्रतिनिधिहरुलाई अनुरोध गर्दै किसानसँग पालिका अध्यक्ष कार्यक्रमले बैजनाथका सम्पुर्ण किसानहरुको स्तर उन्नति गर्ने बताउदै कार्यान्वयनका लागि आवश्यक निति निर्माण गरिने बताउनुभयो।
सभाका उपाध्यक्ष निर्मला रोकायले सबै सवालहरुको जवाफ दिंदै बजेट ब्यवस्थापन गरिएको र कहि कतै अति आवश्यक परे पालिका बाट ब्यवस्थापन गरिने बताउनुभयो। सर्बसहमत बजेट पारित गरेकोमा सम्पुर्ण सभाका सदस्य सदस्यहरुलाई धन्यवाद ब्यक्त गर्दै कर्मचारी र संन्चारकर्मिहरुले निरन्तर सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै नियमित गाउँ सभा सफलता पुर्बक सम्पन्न भएको बताउदै सभालाई समापन गर्नुभएको थियो।