Thursday, December 5, 2024
spot_imgspot_img
Homeराष्ट्रियबैजनाथको रु.७५ करोड ४१ लाख ९८ हजार प्रस्तावित बजेट

बैजनाथको रु.७५ करोड ४१ लाख ९८ हजार प्रस्तावित बजेट

बैजनाथ सम्बादाता
नीति तथा कार्यक्रम प्रस्तुत गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले समृद्ध बैजनाथ निमार्णका लागि कृषि तथा पशु पालन कार्यक्रमलाई स्वरोजगार नीतिका रुपमा आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ।

आर्थिक वर्ष २०७९/८० का लागि ७५ करोड ४१ लाख ९८ हजारको बजेट बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले प्रस्तुत गर्नुभएको हो।

भौतिक पूर्वाधार
१ बैजनाथ गाउँपालिकामा रहेका ८ वडाहरुमा करोड ८९ लाख बजेट बिनियोजन गरिएको  छ । न्युनतम बजेट अनुदान, जनसंख्या, भूगोल र राजश्वको आधारमा करिब ५१५ बजेट कायम गरी प्रत्येक वडालाई बजेट बांडफांड गरिएको छ। न्युनतम अनुदान प्राप्त गर्ने बजेटलाई ६० प्रतिशत गरी बाँकि रहेको बजेटलाई जनसंख्याको आधारमा ४० प्रतिशत, भूगोलको आधारमा ४० प्रतिशत र राजश्वको आधारमा २० प्रतिशत बजेट कायम गरी कुल बजेट रु ५ करोड ५ लाख बिनियोजन गरिएको छ ।
२)प्रत्येक वडाबाट कम्तिमा ५ लाखको योजना छनौट गर्ने गरि दिइएको निर्देशन अनुरुप बजेट तथा कार्यक्रम तर्जुमा समितिले प्रत्यके वडाको सिफारिसमा कम्तिमा पनि रु ५ लाखका बढीमा ७ वटा योजनाहरुको छनौट गरेको छ । प्रत्येक वडाहरुमा अत्यावश्यक मर्मत सुधारको लागि मर्मत संभार कार्यक्रमका साथै गाउँपालिकामा मर्मत संभार कार्यक्रमको लागि बजेटको ब्यबस्था गरिएको छ ।

३ प्रदेश समपुरक अन्तर्गतका विभिन्न ५ वटा पूर्वाधार विकासका आयोजनाका लागि रु। १ करोड ५० लाख छुट्याइएको छ। संघीय सरकारको समपुरक आयोजनाको लागि रु.१ करोड ५४ लाख गरी कुल रकम रु ३ करोड ४ लाख बजेट सुनिश्चित गरिएको छ ।
स्वास्थ्य सेवा
बैजनाथबासी सबै लाई एम्बुलेन्स सेवा उपलब्ध गराउनको निम्ति आवश्यक एम्बुलेन्सको ब्यबस्था गरिनेछ । सोको ब्यबस्थापन तथा जनशक्ति ब्यबस्थापनको लागि उचित बजेटको ब्यबस्था गरिएको छ ।
मातृ तथा नवजात शिशु स्याहारको लागि उचित ध्यान दिइएको छ । बैजनाथ गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा प्रसुती हुन आएमा आतेजाते यातायात खर्च बापत रु १ हजारका दरले रकम उपलब्ध गराईनेछ । पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुमा सुत्केरी हुन नसकी अन्य स्वास्थ्य संस्थामा रिफर गर्नु पर्ने अवस्था आएमा निजलाई यातायात भाडा उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ । सोको लागि रु १२ लाख बिनियोजन गरिएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकालाइ विगतदेखि उपलब्ध गराई आएका सेवा सुबिधालाई निरन्तरता दिइएको छ । महिला स्वास्थ्य स्वयंसेविकाको कामलाई थप हौसला र उत्साह सृजना गर्न चाडपर्व खर्चमा ३ हजार वृद्धि गरी वार्षिक रु। ८ हजार पुर्याईएको छ ।

स्वास्थ्य संग सम्बन्धित विभिन्न कार्यक्रम गर्नका लागि रु। १४ लाख ५० हजार बिनियोजन गरिएको छ । जस अन्तर्गत स्वास्थ्य बिमा सम्बन्धि विभिन्न कार्यक्रम, फोहोर ब्यबस्थापन सम्बन्धि विभिन्न क्रियाकलाप, बलअ उलअ भेटका लागि तथा बर्थिंग सेन्टरका लागि सामग्री तथा उपकरण खरिद, निजि मेडिकल तथा स्वास्थ्य क्लिनिकको अभिमुखीकरण र महिला तथा प्रजनन स्वास्थ्य सुधार सम्बन्धी स्वास्थ्य कर्मचारीलाई तालिम कार्यक्रम रहेका छन ।
मृगौला सम्बन्धी शिविर संचालनका लागि आवश्यक रकम छुट्याइएको छ, यस बाट ४० बर्ष माथिका सबै मृगौला विरामीलाई थोरै मात्रामा भए पनि राहतको अनुभूति हुनेछ । चिसापानी स्वास्थ्य चौकी , नौबस्ता स्वास्थ्य चौकी र टिटीहिरिया स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरी संचालन गरिनेछ यस बाट सो क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई राहतको अनुभूति हुनेछ । त्यसको लागि ११ लाख २४ हजार बिनियोजन गरिएको छ । साथै सो प्रयोगशाला संचालनको लागि आबश्यक जनशक्ति सहितको ब्यबस्था गरिएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुको सुरक्षा गर्नका लागि बिमाको ब्यबस्था गरिएको छ। यसका लागि रु १ लाख ६६ हजार छुट्याईएको छ ।
शिक्षा
एक वडा एक नर्सिंग कार्यक्रम अन्तर्गत सम्बन्धित वडा भित्रका सम्पूर्ण सामुदायिक बिद्यालयमा सेवा दिने गरी सेवा करारमा नर्स राख्ने ब्यबस्था गरिने छ । सो कार्यको लागि रु ४० लाख बिनियोजन गरिएको छ ।स्थानीय पाठ्यक्रम निर्माणको अबधारणा लागु गरिने छ र सो को जानकारीको लागि आबश्यक तालिमको ब्यबस्था गरिनेछ । सो कार्यको लागि रु १४ लाख बिनियोजन गरिएको छ ।

कम्प्युटर तथा लेखा तालिम र बिज्ञान प्रयोगशाला संचालनको लागि दक्ष शिक्षकको विकासको लागि आवश्यक तालिम गर्न रु। ८ लाख बिनियोजन गरिएको छ । बाल विकास केन्द्रका शिक्षक तथा सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुको पेशागत दक्षताको विकास गर्न आवश्यक कार्यक्रम तथा सोको लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

गरिब तथा बिपन्न छात्रालाई उच्च शिक्षा छात्रबृती प्रदान गर्न ८ लाख बजेट छुट्याएको छु । खेलकुदको विकास र प्रवर्धन तथा प्रतियोगिता संचालनका लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।

नमुना विद्यालय विकासको साझेदारीका लागि रु। १६ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ । आधारभुत तह र माध्यमिक तह शिक्षण अनुदानको लागि १ करोड ५८ लाख ६० हजार बजेट बिनियोजन गरिएको छ । अतिरिक्त क्रियाकलाप र कक्षा ३ र ५ को स्तरमापन परीक्षा, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको दक्षता विकास, गरीब तथा विपन्न छात्रा र कृषि छात्रवृत्तिको लागि आवश्यक बजेटको बिनियोजन गरिएको छ । गत वर्षको विद्यालय संचालन तथा व्यवस्थापन अनुदानलाई निरन्तरता दिइएको छ ।

सामाजिक समावेशिकरण
बाल अधिकार र लागु औषध दुर्व्यसनी सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिइने छ । बालबालिकालाई मनोविमर्श र जीवन उपयोगी सिप सम्बन्धि तालिम, बालमैत्री स्थानीय शासन प्रबद्धन कार्यक्रम तथा बाल कोष संचालनको लागि १७ लाख ५० हजार बजेट छुट्याईएको छ । विपन्न तथा गरीब महिलाका लागि आय आर्जनमा टेवा पुर्याउन सिप विकास र आयआर्जन कार्यक्रम संचालन गरिनेछ । यसका लागि रु। १० लाख रकम बिनियोजन गरिएको छ । मानब बेचबिखन, किशोर तथा किशोरीलाई जीवनोपयोगी सिप कार्यक्रम र कम्लरीका लागि सिप विकास कार्यक्रम समेत संचालन हुनेछन् ।
८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिदै आएकोमा आगामी आर्थिक बर्ष देखि ७१ वर्ष देखि ७३ वर्ष उमेर सम्मका जेष्ठ नागरिकहरुलाई सम्मान गरिनेछ । साथै ६०–६७ वर्ष सम्मका जेष्ठ नागरिक एकल व्यक्तिहरुलाई आर्थिक सहायता स्वरूप मासिक रु। ५०० सय का दरले दिने गरि रु। १२ लाख बिनियोजन गरिएको छ । अपांग सहायक सामग्री वितरण कार्यलाई निरन्तरता दिइएको छ । साथै पहेलो कार्ड९ग वर्गको० अपाङ्गता भएका व्यक्तिहरुको लागि मासिक ५ सय का दरले आर्थिक सहायता दिने गरी रु।१८ लाख रकम बिनियोजन गरिएको छ । अपाङ्गता भएका ब्यक्तिहरु तथा दलित र आदिबासी जनजातीका लागि आय आर्जन सम्बन्धि कार्यक्रम संचालन गरिनेछ ।

  खानेपानी तथा सरसफाइ
बैजनाथ गाउँपालिका भित्र सबै घरधुरीलाइ स्वच्छ खानेपानी बितरण गर्न प्रदेश सरकार संग समन्वय र सहकार्य गरिने छ । बैजनाथ सफा बैजनाथ  भन्ने मुल नाराका साथ फोहोर ब्यबस्थापनका लागि बिशेष कार्यक्रम संचालन गरिने छ । पालिकाको वास प्लान अनुसार कार्यक्रमहरु गरिने छ । यसबाट स्वच्छ खानेपानी बितरणको कार्यक्रमलाइ प्रभावकारी रुपमा संचालन गर्न सहयोग पुग्ने छ । खानेपानी तथा सरसफाईको लागि रु १२ लाख बजेट ब्यबस्था गरिएको छ।
पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी आर्थिक विकास गर्ने उद्देश्य राखिएको छ । नमुना पशुपन्छी ब्यबसायीलाई प्रोत्साहन तथा सम्मान कार्यक्रम संचालन गरिने छ । यसको लागि रु ५ लाख बिनियोजन गरिएको छ । साथै नश्ल सुधारको लागि उन्नतजातको बोका वितरणको लागि रु ४ लाख र अन्तरजिल्ला कृषक अबलोकन भ्रमण कार्यक्रमको लागि रु ५ लाख बजेटको व्यवस्था गरिएको छ ।
विगत आर्थिक वर्ष देखि संचालनमा आइरहेको पशु बिमा, पशु पोषण तथा पशु सुत्केरी भत्ता, पशु खोप कार्यक्रम, सिजन अनुसार घाँसका बिउ ५० प्रतिशत अनुदानमा वितरण र विभिन्न जातका डाले घाँसका बिरुवा तथा विभिन्न जातका नेपियर सेट्स वितरणलाई निरन्तरता दिइएको छ ।
माछाका भुरा वितरण गरी माछापालन कार्यक्रमलाई व्यवसायीकरण गर्न ५०५ अनुदानमा कार्यक्रम संचालन गर्ने गरी रु ४ लाख बजेटको व्यवस्था गरिएको छ ।पशुहरुलाई स्वस्थ राख्नको लागि आवश्यक पर्ने रोग निरोधक खोप सेवाको लागि बजेटको व्यवस्था गरिएको छ। साथै पशु स्वास्थ्य तथा परजीवि नियन्त्रण शिविर संचालनका लागि बजेटको व्यवस्था गरिएको छ ।

गाई र भैंसीमा कृत्रिम गर्भाधान सेवा निरन्तरता तथा संचालनका गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ । ट्रेभिज निर्माण को लागि ६ लाख , नमुना मासुपसल सुधार तथा ब्यबस्थापनको लागि २ लाख तथा पशु पालन ब्यबसायमा क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम तालिमको ब्यबस्था गरिएको छ । सो को लागि रु ५ लाख रकम बिनियोजन गरिएको छ ।
कृषि सेवा
कृषकहरुलाई यान्त्रिकरणका माध्यमबाट उत्पादन तथा उत्पादकत्व बढाउने गरि यान्त्रिकरणमा अनुदान उपलब्ध गराउने उद्देश्यले किसानसंग पालिका प्रमुख कार्यक्रम संचालन गरिनेछ सो कार्यक्रमको लागि ४६ लाख बजेट बिनियोजन गरिएको छ ।
कृषिको आधुनिकरण तथा व्यवसायीकरणस् कृषकहरुलाई व्यवसायीक तालिम तथा कृषि सामग्री उपलब्ध गराई कृषकको उद्यमशिलता विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । मल तथा बिउमा ५० प्रतिशत अनुदान दिइने छ ।

सिचाइ बिशेष कार्यक्रमका लागि ३० लाख बजेटको ब्यबस्था गरिएको छ । आई.पी.एम. कृषक पाठशाला संचालन गर्न रु. ४ लाख रकम बिनियोजन गरिएको छ । अन्तरजिल्ला कृषक भ्रमण, अन्तरक्रिया गोष्ठी , तरकारी तथा फलफुल नर्सरी स्थापना कार्यक्रम र पुष्प खेति बिस्तारको लागि आवश्यक बजेटको ब्यबस्था गरिएको छ । संघीय सरकार र पालिकाको संयुक्त स्रोतबाट पकेट क्षेत्र , बिउबिजनमा अनुदान, दलहन, तेलहन जस्ता कार्यक्रम संचालनको लागि आबश्यक बजेटको ब्यबस्था गरिएको छ ।

पर्यटन, घरेलु उद्योग तथा सहकारी
३ लाख ५० हजार बजेटको बिनियोजन गरिएको छ । पर्यटन पर्बद्धन तथा संरक्षण र निर्माणको लागि वडा नं १ स्थित शिव बिहार निर्माण गरिने छ । सो निर्माण कार्यको लागि १० लाख बिनियोजन गरिएको छ ।

२ सुकुम्वासी तथा अव्यबस्थित बसोबासी सुकुम्वासी तथा अव्यबस्थित ब्यवस्थापन गर्न रु.३५ लाख बजेट बिनियोजन गरिएको छ । यसबाट बैजनाथ गाउपालिका भित्र रहेका नागरिकहरुको स्वामित्व बोध हुने गरि जग्गा नाप नक्सा भइ जग्गा प्राप्ती कार्यमा सहजता हुने अपेक्षा गरिएको छ । औधोगिक क्षेत्रको बस्ति ब्यबस्थापनमा रु. १० लाख बजेट बिनियोजन गरिएको छ । लालपुर्जा उपलब्ध गराउन संघीय सरकारसंग समन्वय र सहकार्य गरि आवश्यक कार्यक्रम संचालन गरिनेछ ।

मुख्य रुपमा १ आर्थिक विकास ,२ सामाजिक विकास , ३ पूर्वाधार विकास ४,वन ,वातावरण तथा विपत व्यवस्थापन , ५ शुशासन तथ संस्थागत विकास ६ चालु तथा प्रशासन खर्चलाई समेटेर आर्थिक वर्ष २०७९/८० का लागि बजेट प्रस्तुत गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments