Tuesday, December 3, 2024
spot_imgspot_img
HomeUncategorizedबैजनाथमा उत्कृष्ट कृषक,फर्म र समुहलाई सम्मान

बैजनाथमा उत्कृष्ट कृषक,फर्म र समुहलाई सम्मान

बैजनाथ २७ असार
बाँकेको बैजनाथ गाउँपालिका कृषि शाखाले सोमबार बैजनाथका उत्कृष्ट कृषक,फर्म र समुहलाई आर्थिक बिकाश समिति संयोजक प्रेम बहादुर शाहीको अध्यक्षता र गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहिको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ।

बैजनाथ गाउँपालिका वडा नं ३ बैरहवा स्थित कार्यक्रमको आयोजना गरी कृषकहरुलाई सम्मान गरिएको हो। बैजनाथ गाउँपालिका कृषि शाखाको आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम लक्ष्य अनुसार बैजनाथ गाउँपालिका भित्रका उत्कृष्ट कृषक,फार्म र समुहलाई सम्मान गरिएको बैजनाथ कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट १२ जना किसान १० वटा कृषी फार्म तथा ९ वटा कृषि समुहहरुलाई सम्मान गरिएको थियो बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकायाले दोसल्ला सम्मान पत्र र १ वटा स्प्रे टयाकी सहित उत्कृष्ट कृषक,फर्म र समुहका सदस्यहरुलाई सम्मान गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले समृद्ध बैजनाथ बनाउनका लागी कृषि क्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले किसानहरुको सम्मानले उनीहरुमा कृषि क्षेत्रमा लाग्न उत्साह थपिने बताउनुभयो। त्यस्तै उहाँले उत्कृष्ट किसानहरुलाई सम्मान गरिएकोले अन्य किसानहरुलाई उत्कृष्ट किसान बन्न प्रेरणा प्राप्त हुने समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाले अन्य पेशा जस्तै किसानहरुले पनि गर्वका साथ म किसान भन्ने अवस्था आउनुपर्ने बताउदै त्यसका लागी स्थानीय सरकार लागी परेको बताउनुभयो । त्यस्तै बैजनाथ गाउँपालिका कृषि भुमी भएकोले यहाँका किसानहरुलाई वर्गीकरण गरेर उनीहरुको उत्थानमा लाग्ने बताउनुभयो।

बैजनाथ ३ का वडाध्यक्ष निखिल बैगारले बैजनाथ गाउँपालिकामा ७० प्रतिशत किसानहरु रहेकोले बैजनाथलाई कृषि क्रान्तिमा लैजान स्थानीय सरकार जुटेको बताउनुभयो । बैजनाथ गाउँपालिका आर्थिक विकास समिति संयोजक तथा वडा नं ४ का वडाध्यक्ष प्रेम बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीवासी,कृषक विभिन्न संघ संस्था प्रतिनिधि लगायतको सहभागीता रहेको बैजनाथ कृषि शाखा प्रमुख प्रमोद विश्वकर्माले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments