बैजनाथ ९ असोज
बाँके जिल्लाको बैजनाथ गाउँपालिका ५ जि गाउँ स्थित कृष्ण कमल पार्टी प्यालेसको हलमा शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठन बैजनाथका अध्यक्ष कुल देब भारतीको अध्यक्षतामा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालका केन्द्रिय परिषद सदस्य टिकाराम रेग्मीको प्रमुख आतिथ्य तथा बिशिस्ट अतिथि नेकपा माओवादी केन्द्र का लुम्बिनी प्रदेश सदस्य एवं बैजनाथ गाउँपालिका ईन्चार्ज नरेन्द्र पान्डे (जेम्स)को उपस्थितिमा एकीकृत अखिल नेपाल शिक्षक संगठन बैजनाथ गाउँपालिका स्तरीय दोस्रो गाउँ परिषद एवं प्रशिक्षण कार्यक्रम सप्पन्न भएको छ।
उक्त कार्यक्रममा शिक्षक सुरेन्द्र दहालले स्वागत मन्तव्य द्वारा कार्यक्रममा उपस्थित प्रमुख अतिथी बिशिस्ट अतिथीलगाएत सहभागीहरुलाई स्वागत गरेका थिए। नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता देब बहादुर रावत,दल सिंह नाथ योगि,मिरा कार्की,मिना ओलि,संगठन का बाँके जिल्ला सचीव दिलिप ओलि,सहिद परिवारका उषा दहाल,शिक्षक महासंघ कोहलपुरका अध्यक्ष राम प्रशाद चापागाईं लगाएत नेता कार्यकर्ताहरुले कार्यक्रममा भनाई राखेका थिए।
प्रमुख अतिथी रेग्मीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने:- आगामी दिनहरुमा केन्द्रिय संगठनको निर्देशन अनुसार सदस्यता धेरै भन्दा धेरै बितरण तथा नवीकरण गरेर संगठनलाई मजबुत बनाउनका साथै गुणस्तरीय शिक्षामा संगठनको पुर्ण रूपमा ध्यान जानुका साथै महत्वपूर्ण भुमिका निभाउन अनुरोध गरेका थिए।त्यसैगरी बिशिस्ट अतिथी जेम्सले आगामी दिनहरुमा शिक्षकहरुको पेशागत संगठनका हकहितका लागि आवश्यक सहयोग गर्न पार्टी प्रतिबद्ध भएको बताए । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल शिक्षक संगठनलाई शुभकामना समेत व्यक्त गरेका थिए।शिक्षकहरुको महत्वपूर्ण भुमिका हुने भएकाले पेशागत संगठनको हक हितका लागि संगठन सुदृढ गर्दै लैजान निर्देशन समेत दिएका थिए।शिक्षकले आफ्नो पेशा प्रती गौरव गरेर आफ्नो कर्तव्य निष्ठ भएर कार्यालय सहयोगि र बाल बिकाशलाई नेपाल सरकारले तोके बमोजिम सेवा सुबिधा उपलब्ध गराउन स्थानीय पालिकामा माग सम्बोधन गर्न पहल गर्नुका साथै परिषद एवं प्रशिक्षण उपलब्धि मुलक भएको बताउदै कार्यक्रमलाई समापन गरेका थिए भने एकीकृत अखिल शिक्षक संगठन बैजनाथका सचीव ललित मोहन ओलिले कार्यक्रम संचालन गरेको स्थानीय संन्चारकर्मी राधेश्याम चौधरीले जानकारी दिए।