Saturday, January 11, 2025
spot_imgspot_img
HomeUncategorizedबैजनाथमा किसानलाई ३ दिने कृषि तालिम सम्पन्न

बैजनाथमा किसानलाई ३ दिने कृषि तालिम सम्पन्न

बाँकेको बैजनाथ गाउँपालिका ६ स्थित बैजनाथ कृषि शाखा प्रमुख प्रमोद कुमार बिश्वकर्माको अध्यक्षतामा खाद्यान्न बाली उत्पादन प्रबिधी सम्बन्धि गाउँपालिका स्तरीय ३ दिने तालिम शनिबार समापन गरिएको छ।

उक्त समापन कार्यक्रममा प्रमुख अतिथी बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय अतिथी बैजनाथ गाउँपालिका ६ वडा सदस्य पानसरा सुनार प्रशिक्षक संतोष जि सि र लक्ष्मी रेग्मीले तिनदिन सम्म नयाँ प्रबिधी अनुसार खाद्यान्न बाली उत्पादन प्रबिधी सम्बन्धि गाउँपालिका भरिका कुल २५ जना किसानहरुलाई सहभागी गराएर तालिम सफलता पुर्बक सप्पन्न गरिएको छ।

बिउँबिजन राख्ने तरकारी बाली किटनासक सम्बन्धि तालिम प्रदान गरिएको सहभागी किसान गोकुल कंडेलले बताउनुभयो।किसानहरुले लिएको तालिम सबैले कार्यान्वयन गरेर बाली उत्पादनमा तालिमको प्रयोग गरेर धेरै भन्दा धेरै लाभ लिन वडा सदस्य पानसरा सुनारले किसानहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी निर्मला रोकायले किसानले सोचेजस्तो र भनेजस्तो सुबिधा नपाउदा पनि समस्या भएको छ।अब स्थानीय सरकारले एक वडा एक प्राबिधिक र किसानहरुलाई प्रोत्साहन गर्न किसान संग पालिका प्रमुख कार्यक्रम ल्याएका छौँ आगामी दिनहरुमा कर्मचारी किसानहरुले समेत सहयोग गरिदिन अनुरोध गर्दै नेपाली किसानले गरेको उत्पादन लाई सहज रूपमा बजारीकरण गर्न गर्ने स्थानीय सरकारको तर्फबाट प्रतिबद्धता जाहेर गर्नुभयो।

कार्यक्रमलाई समापन गर्दै कृषि शाखा प्रमुख विश्वकर्माले बैजनाथको कृषि योग्य माटाे विभिन्न रासायनिक मलका काम माटाे बिरामी परेको बैजनाथ कृषि शाखा यसको निराकरण गर्न कुनैपनी कृषि प्राबिधिक समस्या समाधान गर्न २४ घन्टा तत्पर रहेको बताउदै कृषि क्रान्ति मार्फत हरित क्रान्ति गर्न सबै किसानले कार्यक्रममा सिकेका कुरा कार्यान्वयन गर्न अनुरोध गर्दै तालिम कार्यक्रम समापन गर्नुभयो ।

कार्यक्रम कृषि प्राबिधिक मोति राम चौधरीले संन्चालन गर्नुभएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments