Sunday, November 24, 2024
spot_imgspot_img
HomeUncategorizedबैजनाथमा तीजको दरखाने तथा शुभकामना कार्यक्रम सप्पन्न

बैजनाथमा तीजको दरखाने तथा शुभकामना कार्यक्रम सप्पन्न

बाँके:बैजनाथ गाउँपालिकाको आयोजना गाउँपालिका कार्यवाहक अध्यक्ष निर्मला रोकायको अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य आशा बि क को प्रमुख आतिथ्यमा”हाम्रो संस्कृति हाम्रो पहिचान”भन्ने मुल नाराका साथ हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तीज शुभकामना आदानप्रदान कार्यक्रम बैजनाथ गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रदेशको सभा सदस्य जिल्ला समन्वय कोहलपुर नगरपालिका खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिका जनप्रतिनिधि निबर्तमान उपाध्यक्ष लगाएत बैजनाथका महिला कर्मचारी जनप्रतिनिधि लगाएत स्थानीय महिलाहरको उपस्थितिमा कार्यक्रम भएको थियो।

कार्यक्रममा शुभकामना राख्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मीले देश संघियतामा गएको र २० बर्ष लामो कर्मचारीहरुले चलाएको शासनसत्ता पछि निर्वाचित हुँदा जनप्रतिनिधि भएर बैजनाथमा निति निर्माण कानुन निर्माण देखि आफुहरुले गरेको राम्रोकामलाई अहिलेको सरकारले निरन्तरता दिएकोमा खुशि ब्यक्त गर्दै तीज हुंदा खाने र हुनेखाने गरी दुई बर्गमा बाडिएको बताउँदै एकरुपता ल्याउन स्थानीय सरकारपहल गर्ने बताउदै शुभकामना मन्तव्य राख्नुभएको थियो।

लुम्बिनी प्रदेश सभा सदस्य सन्जु कुमारी चौधरीले पौराणिक संस्कृतिलाई जोगाउन महिलाहरुका लागी तीजको दरखाने कार्यक्रम आयोजना गरेर जमघट गर्ने अवसर जुराएकोमा आयोजना बैजनाथ गाउँपालिकालाई धन्यवाद ब्यक्त गर्दै उपस्थित सबैलाई हरितालिका तीजको शुभकामना ब्यक्त गर्दै आफ्नो मन्तव्य राख्नुभएको थियो।

प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य आशा बि क ले महिलाहरुको महान चार्डको रुपमा रहेको हरितालिका तीज अहिले भड्किलो भएको संकेत र आलोचना पनि नभएको हैन तर अब परा पुर्बकालदेखि बर्षभरी घरको चुलो चौखोमै सिमित हुने गरेका दिनहरु लाई स्मरण गर्दै अब संघीयता पछि सबैको अधिकार बराबर भएको छ। हुनेखाने र हुँदाखानेको तीज दरखाने कार्यक्रमलाई सरल र सामान्य बनाउन बैजनाथ गाउँपालिकाले अन्य स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत निमन्त्रणा गरेर सबैको साझा दरखाने कार्यक्रम आयोजना गरेकोमा बैजनाथ स्थानीय सरकारलाई धन्यवाद ब्यक्त गर्दै उपस्थित सबैलाई हरितालिका तीजको शुभकामना ब्यक्त गर्दै आफुले प्रतिनिधि सभा मार्फत गर्ने महिलाहरुको आवाज बोल्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
अन्तमा कार्यक्रमका सभाध्यक्ष निर्मला रोकायले उपस्थिति प्रमुख अतिथि बिशिस्ट अतिथि अतिथि महिला कर्मचारी लगाएत उपस्थित सबैलाई स्वागत गर्दै महिलाहरु अब राज्यको हरेक अंगमा पुगेकोले अबको क्रान्ति कृषि क्रान्ति त्यो महिलाहरु बाट नै सम्भव भएकाले रोजगारी सिर्जना गर्न स्वरोजगार बन्न कृषि उद्यम र महिला उद्यम बनाउने महिलामुखि बजेट ल्याउन प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य प्रमुख अतिथि संघीय सांसदलाई अनुरोध गर्दै हतितालिका तीज २०८० को सम्पुर्णमा शुभकामना ब्यक्त गर्दै स्थानीय सरकारले गर्ने हरेक काममा महिलाहरुको लागी आवश्यक बजेट ब्यवस्थापन गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गर्नुभएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका लक्ष्मी ज्ञवालीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments