बैजनाथ सम्बादाता आइतबार १ फागुन
बाँकेको बैजनाथ गाउँपालिका ६ मा आइतबार वठा सभापति कमान सिंह सुनारको सभापतित्वमा नेपाली काङ्ग्रेस ले संगठन बिस्तार एवं पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।आगामी स्थानीय निर्वाचनको भब्य तयारीमा नेपाली काङ्ग्रेस जुटेको नेपाली काङ्ग्रेस बैजनाथ सभापति देव बहादुर के सि ले जानकारी दिनुभएको छ।
आइतबार भएको पार्टी प्रवेश एवं टाेल कमिटी गठन कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य देब बहादुर खत्रीले क्षेत्रीय स सचीव डम्मर रावत गाउँपालिका सदस्य धन बहादुर सुनार लगाएत नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुको सहभागितामा दोन्द्रामा नेकपा एमाले परित्याग गरि २० जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् भने ईमिलीटाेलमा नेकपा एमाले त्यागेर नेपाली काङ्ग्रेसमा २४ जनाले प्रवेश गरे लगतै सबैलाई स्वागत गर्ने क्रममा महासमिति सदस्य खत्रीले “एमालेमा पहिरो नेपाली काङ्ग्रेसमा ओईरो”भनेका छन् भने नेपाली काङ्ग्रेसमा आवश्यकताका आधारमा पार्टीले जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
नेपाली काङ्ग्रेस बैजनाथ गाउँपालिका सभापति देब बहादुर के सि ले प्रवेश गर्नेलाई अबिर दोसल्ला सहित स्वागतका साथै दोन्द्रामा गिता कुमारी खत्री सभापति लगाएत २१ सदस्य टाेल कमिटी गठन गरिएको छ भने ईमिली टाेलमा उदय बि सि सभापति लगाएत २१ सदस्यीय टाेल कमिटी सदस्यीय कमिटी गठन गरिएको जानकारी सभापति के सिले जानकारी दिनुभएको छ।