बैजनाथ सम्बाददाता
बाँकेको बैजनाथ गाउँपालिका ३ रामनगर स्थित कन्हैयाताल सिमसारमा बिहिबार बैजनाथ गाउँपालिका प्रमुख प्रकाश बहादुर शाहि चुरे संरक्षण एवं तराई मधेश समृद्व कार्यक्रममा पदाधिकारी बैजनाथ १ का वडा अध्यक्ष रुप बहादुर मल्ल बैजनाथ ३ का वडा अध्यक्ष निखिल बैगार सामुदायिक होम स्टे केन्द्रीय महासचिव एवं गाभरभ्यालि सामुदायिक होम स्टेका अध्यक्ष कृष्ण थारु लगाएत अन्य बिशिष्ट ब्यक्तिहरु उक्त ताल अवलोकन गरेर बैजनाथमा पर्यटक भित्र्याउन बैजनाथका आम नागरिक आम सन्चार लगाएत सबैको पहलकदमिको आवश्यक भएको अध्यक्ष शाहिले बताउनुभयो।
बिहिबार उक्ततालको अवलोकन गरेर प्रवर्धन प्रचारप्रसारका लागि स्थानिय संन्चारमाध्यमहरुले प्रचारप्रसार गरेर आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन पहल गरीदिन गाउँपालिका अध्यक्ष शाहिले अनुरोध गर्नुभयो ।स्थानिय स्तरमा कन्हैयाताल लाईन्स गाभरभ्यालि पार्क बुटानिकल मानसरोवर प्रतिकात्मक गार्डनको मुख्य गरी स्थानिय सरकारले पर्यटक भित्र्याउन आवश्यक बजेटको ब्यवस्थापन गर्ने अध्यक्ष शाहिले बताउनुभएको वडा अध्यक्ष निखिल बैगारले जानकारी दिनुभयो।