बैजनाथ २२ असार
बाँकको बैजनाथ गाउँपालिकामा पोषण सम्बन्धि २ दिने कार्यशाला गोष्ठी बिहीबार सम्पन्न भएको छ । बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा “कसैका पोषणका समस्या छन्।कसैलाई शोषणका समस्या त्यसैले हामी सबै आजैबाट पोषणमा सकृय बनौं“ यो आर्थिक बर्ष मै पोषण युक्त गाउँपालिका बनाउने छौं भन्ने भनाईका साथ बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यमा २ दिने पोषण कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रममा बैजनाथा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले गोष्ठीमा सिकेका महत्त्वपूर्ण कुराहरुलाई सबैले प्रयोग गर्न अनुरोध गर्दै यस्ताखाले कार्यक्रमहरुलाई निरन्तरता दिने बारे छलफल गर्ने स्वास्थ्य,शिक्षा,कृषि र पशुपालनमा उपलब्धि मुलक योजना सहित प्रत्येक्ष स्थानीय नागरिक लाभान्वित हुनेगरि टोल बिकास समिति निर्माण गरि पेशा र ब्यवसाय सम्बन्धि पहिचान गरि आवश्यक प्राबिधिक सहयोगका साथै एक वडा एक प्राबिधिक ब्यवस्थापन गरेर किसानसँग पालिका प्रमुख कार्यक्रमलाई प्रभावकारी बनाउने बताउनुभयो ।
उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय प्रमुख प्रशासकिय अधिकृत दान बहादुर ऐडि बैजनाथ १ का अध्यक्ष रुप बहादुर मल्ल,२ का अध्यक्ष राजु रुचाल,३ का अध्यक्ष निखिल बैगार,४का अध्यक्ष प्रेम बहादुर शाही,५ का अध्यक्ष देब बहादुर रावत,६ का अध्यक्ष भुपाल पुन ,७ का अध्यक्ष दिनेश थारु र बैजनाथ ८ का वडा अध्यक्ष भग्गन थारु सामाजिक बिकास समिति संयोजक भुमिसरा राना कार्यपालिका सदस्य कमान सिंह सुनार,कृष्णा सुनार,फारुदिन हलवाई,रुपा थापा कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा लगाएतको उपस्थिति रहेको थियो।
शिक्षा शाखा प्रमुख विश्वराज ढकाल स्वास्थ्य शाखा उप–प्रमुख लक्ष्मी रोकाय लगाएत शाखा प्रमुखहरुले बिषयगत क्षेत्रहरुको बिद्यमान अवस्था बारे मुख्य ब्यवहार सम्बन्धि सुचकहरुको अवस्था मुख्य उपलब्धि र प्रमाणमा आधारित नबिनतम क्रियाकलापहरु बारे शाखा प्रमुखहरुले प्रस्तुति राख्नुभएको हो। बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले संन्चालन गर्नुभएको स्वास्थ्य शाखा उप प्रमुख लक्ष्मी रोकायले जानकारी दिनुभयो ।