Saturday, November 23, 2024
spot_imgspot_img
Homeबिबिधबैजनाथमा भुमी व्यवस्थापन कार्य सुरु

बैजनाथमा भुमी व्यवस्थापन कार्य सुरु

बैजनाथ १२ साउन

बांकेको बैजनाथ गाउँपालिकाले आइतबारदेखि भुमी व्यवस्थापनको काम सुरु गरेको छ । आइतबार एक कार्यक्रमका बिच बैजनाथ गाउँपालिका ६ नम्बर वडाको २८ घर टाेल देखि नापी शुरु गरिएको छ।नक्सा नम्बर कित्ता नम्बर र शीट नम्बर उल्लेख भएको तथा लामो समय देखि जग्गा भोग चलन गर्दै आएको हकमा श्रेष्ता कायम गरि लालपुर्जा बितरण गर्नको लागि नापी सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
बिगत २०३८ सालदेखि बसोबास गर्दै आएका स्थानीयहरु नापी गरेर स्थानीय सरकार द्वारा पुर्जा बितरणको कार्य तीब्र गतिमा अगाडि बढाउन स्थानीय बासिन्दाले अनुरोध गरेका छन् ।
बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको अध्यक्षतामा भुमी सम्बन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य एक लुम्बिनी प्रदेश ईन्चार्ज सोभाराम बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु गरिएको हो कार्यक्रममा बोल्दै भुमी सम्बन्धि समस्या समाधान आयोग लुम्बिनी प्रदेश अध्यक्ष बस्नेतले सबैलाई पहिलो चरण र दोस्रो चरण गरेर सम्पुर्ण भुमिहिन हरुका लागि आयोगले छिटोभन्दा छिटो नापी गरेर जग्गा धनी लालपुर्जा नागरिकको हातमा दिने काम गर्ने बताए निश्चित रहनुहोस आयोग पुर्जा बितरण गर्न प्रतिबद्ध भएको छ उनले भने
कार्यक्रमलाई समापन गर्दै गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले कित्ता नम्बर नक्सा नम्बर र सिट नम्बर उल्लेख गरिएका र लामो समयदेखि भोगचलन गर्दै आएका नागरिकलाइ प्रथम चरणमा नापि गरेर पुर्जा बितरण गरिने छ। साथै यो शुभ कार्यको शुरूवात जसरी गरिएको छ त्यसलाई तीब्र गतिमा कार्य अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्दै कार्यक्रम सफलताका साथ विवाद रहित सप्पन्न गर्न नापी टाेलिलाई अनुरोध गर्दै औपचारिक कार्यक्रम समापन गरेका थिए। कार्यक्रममा बिशिस्ट अतिथी भुमी सम्बन्धि समस्या समाधान आयोग बाँके जिल्ला अध्यक्ष शान्ती ढकाल जिल्ला सदस्य गोपाल गिरि वडा अध्यक्ष भद्र बहादुर बस्नेत लगाएत स्थानीय समाजसेवी र स्थानीय नागरिकहरुको उपस्थितिका कार्यक्रम सप्पन्न भएको स्थानीय समाजसेवी दिल बहादुर विश्वकर्माले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments