बाँके:बैजनाथ गाउँपालिकाको नियमित गाउँ सभाको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहको अध्यक्षता एवं प्रतिनिधि सभा सदस्य आशा बि क को प्रमुख आतिथ्यमा उद्घाटन सत्र र गाउँ सभा दोश्रो सत्र गरी शनिबार दोश्रो सत्रमा आर्थिक बर्ष २०८०/०८१को निति तथा कार्यक्रम गाउँसभाले सर्बसहमतीले पारीत गरेको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य आशा बि क बिशिस्ट अतिथि प्रदेश सभा सदस्य रत्न खत्री गाउँपालिका सभाका उपाध्यक्ष निर्मला रोकाय सदस्य सचीव धर्मराज न्यौपाने सभाका सदस्य कर्मचारी पत्रकार लगाएतको उपस्थिति रहेको थियो।
प्रतिनिधि सभा सदस्य बि क ले बिकासको काममा एकरुपता र निरन्तरता दिन स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारका योजना र बिकाशे कार्यक्रमहरुमा एकमन एकमतका साथ बिकाश गर्न आफु तयार भएको संघीय सरकार सधैं बैजनाथ गाउँपालिकाको पक्षमा भएको प्रतिबद्धता जाहेर गर्दै बैजनाथ गाउँपालिकाको गाउँसभाको पुर्ण सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
प्रदेश सभा सदस्य खत्रीले बैजनाथमा बिगतमा पावर र पहुँचको भरमा कार्यकर्ता मुखि योजना हालेकाले अब बिकाश एक मोडेलका साथ स्थानीय सरकार घर घरमा गएर किसानको आवश्यकता पहिचान गरेर कृषि कार्यक्रम संचालन गर्न सुझाव दिंदै प्रदेश सरकार स्थानीय सरकारसँग सधैं सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता सहित गाउँ सभा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले सभामा प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रमको पुर्णपाठ बैजनाथ राष्ट्रिय दैनिकको मिति २०८०/०३/१० गतेको पत्रीकामा हेर्न सक्नुहुनेछ।आइतबार दिउँसो ४:०० बजे बजेट भाषण गर्ने जानकारीसँगै सभा सदस्य कर्मचारी पत्रकार सबैलाई धन्यवाद सहित कार्यक्रम समापन गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बताउनुभयो।उक्त कार्यक्रम सूचना अधिकारी तप्तराज आचार्यले संचालन गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सदस्य सचीव धर्मराज न्यौपानेले जानकारी दिनुभयो ।