बाँकेको बैजानाथ गाउँपालिकामा सामुदायिक विद्यालयहरुमा उच्च गुणस्तर वृद्धि गर्न स्थानीय सरकारको तर्फबाट के कस्ता कामहरु अगाडि सारिएको छ के कस्ता काम हालसम्म सम्पन्न गरिएको छ त्यसबारे बैजनाथ गाउँपालिका शिक्षा शाखाले शैक्षिक गुणस्तर सुधारका लागी गरेका कामको बारेमा शिक्षा शाखा प्रमुख विश्वराज ढकालसंग गरिएको कुराकानी …..
बैजनाथ गाउँपालिका शिक्षा शाखाले गुणस्तर सुधार गर्न के कस्ता काम सम्पन्न गरेको छ ?
सामुदायिक बिद्यालयका बाल विकास देखी कक्षा ५ सम्मका बिद्यार्थिहरुका लागी गाउँपालिकाभित्रका सबै बिद्यालयहरुमा दिवा खाजाको ब्यवस्थापन गरेका छौँ ।
आधारभुत तह र माध्यमिक तहमा अध्यनरथ छात्राहरूको लागी सेनिटरि प्याडको ब्यवस्थापन गरिएको छ।लेखा र कम्प्युटर सम्बन्धी तालिम सन्चालन गरिएको छ। कोभीड बाट प्रभावित बिद्यार्थिहरुलाई अनलाइन रेडियो शिक्षा कार्यक्रम सन्चालन गरेका छौँ ।
हरेक महिनाको प्र.अ.बैठकमा बिद्यार्थिहरुको शैक्षिक गुणस्तर सम्बन्धि अन्तरक्रीया एवं छलफल गर्ने गरेका छौँ र बिशेष गरि बैजनाथ गाउँपालिका द्वारा आधारभुत तहसम्म पुर्ण रूपमा निशुल्क शिक्षा प्रदान गरेका छौँ ।
कक्षाकोठालाई श्रोतपुर्न बनाउनका लागी ३ वटा आधारभुत र ६ वटा माध्यमिक बिद्यालय गरि कुल ९ वटा बिद्यालयलाई ६ लाख ५० हजारका दरले अनुदान प्रदान गरि सूचना तथा संन्चार प्रबिधी सम्बन्धि सामाग्री बितरण (ICT) कक्षा संचालनमा ल्याएका छौँ ।
सामुदायिक बिद्यालयहरुमा शिक्षक कर्मचारीको ब्यवस्थापन कसरी गरिएको छ ?
शिक्षक कर्मचारी दरबन्दी ब्यवस्थापन कार्यबिधी २०७६ को का साथै गाउँ शिक्षा समिति द्वारा गठित शिक्षकको पेशागत संगठननहरुको सम्मीलित कार्यदलको सुझाव बमोजिम शिक्षक दरबन्दी मिलान कार्यक्रम सप्पन्न गरेका छौँ साथै कार्य संचालक गर्दा सरोकार वाला निकायसंगको सुझाव लाई प्रमुख प्राथमिकता का साथ लिएर दरबन्दी मिलान गर्ने गरेका छौ ।
शिक्षालाई गुणस्तरीय बनाउन आगामी योजना के छ ?
बैजनाथमा गाउँ पालिकामा गुणस्तरीय शिक्षा कायम गर्न हामी प्रतिबद्ध छौ यसका लागि सम्पुर्ण बिद्यार्थिहरुलाई निशुल्क पाठय पुस्तक बितरण गर्ने,आवाशिय र गैर आवाशिय छात्रवृत्ति बितरण गर्ने।, एवं बिज्ञान प्रयोग शाला पुस्तकालय आवस्यकता अनुसार सबै बिद्यालयलाई प्रदान गर्ने,बैकल्पिक माध्यम बाट शिक्षण सिकाई कार्यक्रम सन्चालन गर्ने, उत्कृष्ट बिद्यालयलाई प्रोत्साहन कार्यक्रम सन्चालन गर्ने।, बाल बिकासका शिक्षकको लागी क्षमता अबिबृती तालिम संचालन गर्ने।,सामुदायिक र संस्थागत बिद्यालयका शिक्षकका लागी पेशागत एवं क्षमता अबिबृद्वी गर्न तालिम सन्चालन गर्ने, बि.ब्य.स. पदाधिकारीका लागी क्षमता अबिबृद्वी कार्यक्रम सन्चालन गर्ने । कार्यक्रमहरु अघि सारेका छौ ।
शिक्षक सरुवाको नाममा दरबन्दी नै रिक्त गरेको अभिभावकको गुनासोको कारण के हो ?
हो शिक्षक दरबन्दी एउटा बिद्यालयमा र कार्यरत अर्को ठाँउमा गरेको हामिले अनुगमनको क्रममा पाएको साँचो हो त्यहीँ भएर जहाँ बिगत लामो समयदेखि काजमा अध्ययन गरिरहेकालाई जहाँ अध्यापन गर्नुभएको छ त्यही,दरबन्दी सहित पठाएको हो।
शंकर माध्यमिक बिद्यालय थपुवामा शिक्षक दरबन्दी मिलान गर्दाका दिनसम्म IEMIS update नगरेको हुँदा शैक्षिक सत्र २०७६/०७७ को बिद्यार्थि बिवरण लाई आधार बनाईएको हो।
शिक्षक दरबन्दी मिलान गर्न गाउँपालिका अध्यक्षको निर्देशनमा गरिएको सत्य हो त ?
हैन शिक्षक दरबन्दी मिलान गर्न गाउँपालिका अध्यक्षको निर्देशनमा नभएर पेशागत शिक्षक संगठनको सिफारिसमा सरोकार वालाहरुको सुझावका आधारमा गाउँ शिक्षा समितिको निर्णय बाट गर्ने गरेका छौँ । गाउँपालिका अध्यक्षको निर्देशनमा भन्नेकुरा सतप्रतिशत गलत हो यस्ता जनतामा भ्रम पार्ने कुरा अनावश्यक हचुवाको भरमा कोई कसैले पनि बाहिर ल्याउनु भन्दा पहिला संबंधित निकाय अथवा ब्यक्तिसंग सत्यतथ्य बारे रायसल्लाह नलिईकन लेख्न र बोल्न गलत भएकोले त्यसो नगर्न अनुरोध गर्छु।
कुराकानीका लागि समय दिनु भो यहाँलाई धन्यवाद ।
हामीले गरेका कामहरू बारे जानकारी दिने अवसर दिनुभयो तपाईं लगायत तपाईंको संचारमाध्यमलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।