Friday, December 27, 2024
spot_imgspot_img
Homeबिबिधबैजनाथमा साझा उम्मेदवार युगान्तको बिकल्प छैन:पुर्ब मन्त्री सुनार

बैजनाथमा साझा उम्मेदवार युगान्तको बिकल्प छैन:पुर्ब मन्त्री सुनार

बैजनाथ सम्बादाता
स्थानीय निर्वाचनको माहोलमा होमिएका स्थानीय तहका सदस्य निर्वाचनले सबै स्थानीय तहमा आफु निकट उम्मेदवार जिताउन आ आफ्नो स्थान बाट सबै लागि परेको पाईन्छ। बाँकेको बैजनाथ गाउँपालिकामा पुर्ब मन्त्री दल बहादुर सुनार नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार गाउँपालिका अध्यक्षका उम्मेदवार दिपेन्द्र शाह युगान्त र उपाध्यक्षका उम्मेदवार टंकर नाथ योगि सहितको टिमलाई जिताउन कम्मर कसेर लागि परेका छन् र भनिरहेका छन् साझा उम्मेदवार युगान्तको बिकल्प छैन ।

यसो त प्रायजसो पुर्ब मन्त्री जस्को पक्षमा उभिन्छन् उसैले जित्ने गरेको बैजनाथको ईतिहास छ।यसपटक भने देशैभरी सत्ता पक्षमा रहेका दलहरुको गठबन्धन स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाँदा बैजनाथमा यसो हुन सकेन नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाले आफ्ना उम्मेदवार खडा गरेको बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन चुनावमा छ। उता तत्कालिन नेकपा एमाले बाट गाउँपालिका अध्यक्ष सहित कुल ८ वडा मध्ये ६ वडा नेकपा एमालेका उम्मेदवारहरु बिजय भएको पालिका हो ।
गठबन्धन भए सतप्रतिसत जित्ने आधार हुँदा हुँदै पदको हिसाबकिताब नमिलेपछि।नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको सयुक्त गठबन्धन बन्यो र वडा ४-४ वटा बाडिए तर नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले २ नम्बर वडा जहाँ नेकपा एमालेको आधार इलाकामा नेपाली काङ्ग्रेस सहितको महा गठबन्धन भयो।
नेकपा एमाले वडा कमिटीले जगत बि सि र शेर बहादुर बस्नेतको नाम वडा अध्यक्ष पदका लागि जिल्लामा सिफारिस गर्यो तर दुबै जना मध्ये नाम सिफारिस हुनपर्ने थियो त्यसो नभईकन नाम नै सिफारिस नभएको राजु रुचाललाई जिल्ला नेतृत्वले टिकट दिँदा अन्योल बनेको बैजनाथ २ को राजनीतिमा नेकपा एमाले बाट जगत बि सि को बागी उम्मेदवारी भयो र महागठन्धन पनि अब यसो हेर्दा रुचाल लाई अल्पमतमा स्पष्ट देखिन्छन् ।

अब हेर्न लाएक बैजनाथको राजनीतिले कता कस्को पल्ला भारी त्यसमा पुर्ब मन्त्री सुनार लगाएरको टिम युगान्तको प्यानललाई जिताउन लागि परेको छ। मतभार गणणा गर्दा गठबन्धनको पल्ला भारी देखिन्छ किनकि दल बहादुर सुनारको पक्षमा ५ हजार माओवादी केन्द्रको ८ हजार र नेकपा एकीकृत समाजवादीको ३ हजार ५ सय मत यो हिसाबले गठबन्धनले जित्ने पक्का देखिन्छ। अब हेर्न बाँकी छ ? गाउँ गाउँ टाेल टाेलमा पुगेर पुर्ब मन्त्री पुग्दा पक्कै पनि बैजनाथमा राजनीतिक रूपमा परिवर्तन हुने पुर्ब मन्त्री सुनार बताउनुभएको युवा संघ बैजनाथ अध्यक्ष दिपक कार्कीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments