बाँकेको बैजनाथ गाउँपालिका प्राथमिक स्वास्थ्य केन्द्र बनकटवामा बैजनाथ गाउँपालिकाको आयोजनामा बुधबार देखि बैजनाथका महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्क्रीनिङ शिविर बुधबार देखि आईतवार सम्म स्त्री एवं क्यान्सर रोग विशेषज्ञ चिकित्सक सहित निशुल्क शिविर संन्चालनका लागि बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय द्वारा औपचारिक रुपमा चिकित्सकलाई औषधि हस्तान्तरण गरेर कार्यक्रमको शुरूवात गर्नुभएको छ।
उक्त शिविर कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय बैजनाथ ५ का वडा अध्यक्ष देब बहादुर रावत बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा सह-संयोजक लक्ष्मि रोकाय लगाएत जनप्रतिनिधि स्वास्थ्यकर्मि कर्मचारी सेवाग्राही लगाएतको उपस्थिति रहेको थियो भने शिविर बुधबार माघ ४ गतेदेखि आइतबार माघ ७ गतेसम्म प्राथमिक स्वास्थ्य केन्द्र बनकटवामा सन्चालन गरिने छ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष रोकायले यो शिविर महिला दिदिबहिनीहरुको लागि अत्यन्तै लाभदायक हुनुका साथै स्थानीय सरकारले शुरु गरेको एउटा राम्रो कामको शुरूवात गरेका छौँ अब यस्ताखालको कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभएको जानकारी बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा सह-संयोजक लक्ष्मी रोकायले जानकारी दिनुभयो।