Friday, December 27, 2024
spot_imgspot_img
HomeUncategorizedबैजनाथलाई एमाले मुक्त बनाउछौ - पुर्वमन्त्री सुनार

बैजनाथलाई एमाले मुक्त बनाउछौ – पुर्वमन्त्री सुनार

बैजनाथ/बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ५ को वडा भेला तथा प्रथम अधिबेशनमा सोमबार पुर्व मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादीका पोलिट ब्युरो सदस्य लुम्बिनी प्रदेश सह ईन्चार्ज  दल बहादुर सुनारले बैजनाथ गाउँपालिकालाई आगामी निर्वाचनमा एमाले मुक्त बनाउने ठाेकुवा गरेका छन् ।

नेकपा एकीकृत समाजवादी बैजनाथ गाउँपालिका वडा नं ५ मा दिप बहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय  वडा कमिटी गठन भएको छ। युवा संघ नेपाल का केन्द्रिय महासचिव एवं नेकपा एकीकृत समाजवादीका नेता दिपक जि.एम.जिल्ला अध्यक्ष अशोक कोइराला बैजनाथ नेकपा एकीकृत समाजवादी अध्यक्ष काली बहादुर सिंह सचिव कन्चन गौतम पिपुल्स भोलिल्टर्स बाँके जिल्ला  अध्यक्ष राजु रुचाल जिल्ला कमिटी सदस्य यज्ञ पुन युवा संघ नेपाल बैजनाथ अध्यक्ष प्रेम बिष्ट लगाएतका नेता कार्यकर्ताहरुको उपस्थितिमा कमिटी निर्माण कार्यले पुर्णता पाएको छ।

त्यसैगरी युवा संघ नेपाल बैजनाथ ५ को अध्यक्ष दिपक   कार्की लगाएत २९ सदस्यीय युवा संघ नेपाल गठन भएको छ। रिमा डांगीको अध्यक्षतामा ३१ सदस्यीय अखिल नेपाल महिला संघ अनेमा  समाजवादी गठन भएको छ।

नेकपा एकीकृत समाजवादी बैजनाथ ५ मा अध्यक्ष धन बहादुर नेपाली सहित ३३ सदस्यीय मुक्ति समाज गठन भएको छ नवगठित सबै कमिटीका सम्पुर्ण पदाधिकारीले जिम्मेवारी प्राप्त गरेका छन् भने सोमबार नै प्रमुख अतिथी  सुनार द्वारा सफत ग्रहण गराउनुका साथै आगामी दिनहरुमा पार्टीलाई निर्वाचनमा बिजय कसरी बनाउने बारे प्रशिक्षण समेत दिएका छन् ।

प्रमुख अतिथी सुनारले नेकपा एमाले प्रतिगमनको मतियार हुनुका साथै एमाले नभएर के माले भैसक्यो । दुई पटक सम्म संसद विघटन गरेर केन्द्रिय सरकार देखि प्रदेश सरकारमा पत्ता साफ हुँदा समेत चेत नआउने पार्टी नेतृत्व र अराजकवाद ब्यक्तिवादी हाभी भएकोले अब बाँकेको बैजनाथमा उज्यालोले खोज्नुपर्ने अवस्थामा नेकपा एमाले पुगिसक्यो।त्यसैले अब नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय निर्बाचनमा बैजनाथका सबै वडा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पनि समाजवादीले जित्ने निश्चय भएको ठाेकुवा गरेको नेकपा एकीकृत समाजवादी बैजनाथ गाउँ कमिटी सचीव कन्चन गौतमले जानकारी दिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments