बाँके:बैजनाथ गाउँपालिका भित्र बस्ने अव्यवस्थित भुमिहिन दलित सुकुम्बासीहरुको लागी स्थानीय सरकारले लालपुर्जा उपलब्ध गराउन शुक्रबार भुमिसुधार तथा मालपोत कार्यालय नेपालगन्ज बाँकेमा फाईल बुझाएको छ।
बैजनाथ गाउँपालिका भित्र बसोबास गर्ने भुमिहिन अव्यवस्थित बस्ती भुमिहिन दलित लगाएत भुमि सम्बन्धि समस्या भएका सबैलाई अधिकार प्रदान गर्न पहिलोचरणमा बैजनाथ गाउँपालिका वडा नम्बर ३ र ४ का स्थानीय नागरिकहरुको फाईल बैजनाथ ३ का वडा अध्यक्ष निखिल बैगार र बैजनाथ ४ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले दुईवटा वडाको फाईल जिल्ला भुमिसुधार एवं मालपोत कार्यालय नेपालगन्ज बाँकेमा बुझाएको वडा अध्यक्ष शाहीले जानकारी दिनुभयो ।
अबको केहि महिनाभित्र स्थानीय नागरिकहरुलाई जग्गाधनी लालपुर्जा उपलब्ध गराएर ५० औं बर्षदेखि बस्दै आएका जनतालाई जग्गाधनी लालपुर्जा उपलब्ध गराएर अधिकार प्रदान गरीने वडा अध्यक्ष निखिल बैगारले बताउनुभयो ।