Thursday, December 5, 2024
spot_imgspot_img
Homeराष्ट्रियबैजनाथले ल्यायो कृषि नीति,अनुदान पाएकोले अर्को अनुदान लिन नपाउने

बैजनाथले ल्यायो कृषि नीति,अनुदान पाएकोले अर्को अनुदान लिन नपाउने

बाँकेको बैजनाथ गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेटमा किसानमुखी बजेट ल्याएको छ।कृषि र पशुपंक्षी शाखा मार्फत कृषकहरुले यो लाभ लिन सक्ने छन् भने “किसानसँग पालिका अध्यक्ष”शिर्षकमा डल्लो बजेट छुट्याईएको छ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले आफ्नो प्रथम एजेन्डा नै किसानसँग पालिका अध्यक्ष कार्यक्रम सार्बजनिक गर्नुभएको थियो।यश पटक किसानले पाउने सहयोग अनुदान भने अलि फरकखालको हुने छ।बिगतमा जसरी पावर र पहुँचको भरमा किसानको नाममा कृषि पेशा नगर्ने तर दर्ताको भरमा अनुदान लिने प्रचलन पूरा बन्द गरीने अध्यक्ष शाही बताउनु हुन्छ ।

अध्यक्ष भन्नुहुन्छ:कृषि र पशुपंक्षी अनुदान भनेको भनेको गरीखाने किसानलाई हुनेछ । कुखुरा अनुदान पाएको किसानलाई बाख्रा दिईने छैन र बाख्रा पाउने किसाललाई भैंसी बितरण गरिने छैन । तरकारी खेती गर्ने किसानलाई तरकारी लाई आवश्यक कृषि सामाग्री र प्राबिधिक सहयोग गरिने छ । पशुपंक्षी पालक किसानलाई सहयोग अनुदान सँगै निशुल्क प्राबिधिक परामर्श र जहाँ जतिबेला कृषि र पशुपंक्षी प्राबिधिक निशुल्क रूपमा सहयोग गरिने छ। यसो गर्दा कर्मचारीले १० देखि ५ बजेसम्म आफ्नो जिम्मेवारी हो त्यो भन्दा बाहिर जिम्मेवारीमा छैन भन्न पाउने छैन किनकि अतिरिक्त समय दिएको खण्डमा कर्मचारीलाई आवश्यक प्रोत्साहन पालिका बाट गर्नेछौँ । सबै किसानको घर घर सम्म पुग्नेगरि सेवा प्रदान गर्ने छौँ स्थानीय सरकार सबैभन्दा नजिकको सरकार भएकाले जनताको साथी पनि हो बैजनाथमा अहिले पनि सतप्रतिशत कृषि पेशा नै छ त्यसैले कृषकहरुको आर्थिक अवश्था माथि नउठे सम्पन्न बैजनाथ हुन सक्दैन त्यसैले हाम्रो प्रमुख दायित्व र कर्तव्य पनि किसानको आर्थिक अवस्थालाई सबल बनाउन आवश्यक जे जे पर्छ स्थानीय बैजनाथ सरकार सधैं जनताको साथमा रहने विस्वास दिलाउन चाहन्छु।

स्थानीय सरकारले “किसानसँग पालिका अध्यक्ष नीति तथा कार्यक्रम” बन्दै छ केही दिनमा कस्तो नीति तथा कार्यक्रम सार्बजनिक हुँदै छ।अब हेर्न बाँकी छ! के स्थानीय बैजनाथ गाउँपालिका अध्यक्षले भनेजस्तै गरेर कार्यक्रम लागू गर्नु हुन्छ? कि कार्यकर्तामुखि हुने छ यो भने हेर्न बाँकी नै छ ? साच्चिकै अध्यक्ष अध्यक्ष शाही जे बोल्यो त्यो गर्ने ब्यक्तिको रूपमा परिचित हुनुहुन्छ । तर अब संस्थागत नीति तथा कार्यक्रम पनि त्यसरि नै लागू होलान त? पक्कै पनि जनताको साथीको रूपमा कार्य गरेर लोकप्रीय सरकार बन्नेमा बिस्वस्नियता बन्न हाम्रो पनि शुभकामना छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments