बाँके:बैजनाथ गाउँपालिकाले गणतन्त्र दिवशको अवसरमा बाँके बर्दियाको सिमाना मानखोला समसान घाट क्षेत्र सरसफाइ गरेर मनाएको छ।
उक्त सरसफाइ कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला रोकाय बैजनाथ २ का वडा अध्यक्ष राजु रुचाल बैजनाथ ४ का अध्यक्ष प्रेम बहादुर शाही बैजनाथ ५ का अध्यक्ष देब बहादुर रावत बैजनाथ ६ का अध्यक्ष भुपाल पुन मगर लगाएत नेपाली काङ्ग्रेस बैजनाथ सभापति देब बहादुर के सि बैजनाथ ६ का निबर्तमान वडा अध्यक्ष भद्र बहादुर बस्नेत सम्झना बजार ब्यवस्थापन समिति अध्यक्ष धन बहादुर बुढा स्थानीय समाजसेवी कुल बहादुर सुनार लगाएत कर्मचारी जनप्रतिनिधि स्थानीय लगाएतको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले जानकारी दिनुभयो ।
सरसफाइ कार्यक्रम मार्फत बाँके बर्दियाको सिमानामा रहेको मानखोला घाट को चारैतिर सरसफाइ गरेर जम्मा भएको फोहोर बस्तुलाई आगो लगाएर नस्ट गरीएको थियो।
नेपालमा संघीयता ल्याउन गणतन्त्रले खेलेको मुख्य भुमिका र विभिन्न काल खण्डमा देशका निम्ति आफ्नो ज्यानको बलिदान दिएका बिर सहिदहरुप्रति उच्च सम्मान गर्दै सहिदहरुको सपना साकार पार्ने र यो गणतन्त्रलाई जिवित राख्न स्थानीय सरकारले गर्नुपर्ने सबैकाम गरिने प्रतिबद्धता जाहेर गर्दै गणतन्त्र दिवशको आम बैजनाथबासि आमा बुवा दिदिबहिनी दाजुभाइ शिक्षक विद्यार्थी ब्यापारी समाजसेवी राजनैतिक दल लगाएत आम स्थानीय बासि नागरिकहरुलाई गणतन्त्र दिवसको शुभकामना ब्यक्त गर्दै पालिका अध्यक्ष शाहीले कार्यक्रम समापन गर्नुभएको बैजनाथ गाउँपालिका सूचना अधिकारी तप्तराज आचार्यले जानकारी दिनुभयो ।