बाँके:बैजनाथ गाउँपालिका रामपुरको सभाहलमा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायको अध्यक्षता एवं बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यतामा “लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक पहुँचको विस्तार”भन्ने मुलनाराका साथ ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा CEDAw Beijing Platform अथवा महिला विरुद्ध हुने हिंसाको अन्तका निमित्त बैजनाथ गाउँपालिका गाउँ कार्यपालिकाको आयोजनामा बुधबार १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा बैजनाथका स्थानीय महिला समाजसेवी मन्दिरा रिमाल नेकपा माओवादी केन्द्र का नेता मिना ओली नेकपा एमाले बैजनाथ गाउँ कमिटी सचिव प्रेम प्रशाद सुबेदी नेपाली काङ्ग्रेस बैजनाथ गाउँ कमिटी सभापति देब बहादुर के सी नेकपा माओवादी केन्द्र बैजनाथ गाउँ कमिटी अध्यक्ष जय बहादुर बि क (प्रदिप) नेपाली काङ्ग्रेस जिल्ला सदस्य कोकिला शर्मा लगाएतले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला सम्बन्धि अधिकारको बारेमा बोलेर शुभकामना ब्यक्त गर्नुभएको थियो। अन्तरक्रीया कार्यक्रममा अधिवक्ता कपिल्देब शर्माले महिलाहरुको अधिकार बारे नेपालको संबिधानमा ग्यारेन्टी गरीएको बारे प्रशिक्षण दिनुभएको थियो।
१८ डिसेम्बर २९७९ मा पारित भएपछि
नेपालमा २२ अप्रील १९९१ मा बिना सर्त अनुमोदन गरेर लागु गरेको हो। श्रमिक महिलाहरूको लागी यस प्रकारका नियम लागु गरीएको थियो।
१-बेचबिखन र ब्यश्याबृती लागी गरीने यौन शोषण
२-सांस्कृतिक एवं राजनैतिक अधिकार
३-अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिने
४-राष्ट्रियता सम्बन्धि अधिकार
५-शिक्षा सम्बन्धि अधिकार
६-रोजगारीको अधिकार
७-वैवाहिक र मातृत्वका आधारमा विरुद्धको अधिकार
८-आर्थिक तथा पारिवारिक लाभको अधिकार
९-ग्रामीण महिलाहरुलाई बिशेष अधिकार
१०-कानुनी समानताको अधिकार
११-विवाह र परिवारको अधिकार
प्रमुख अतिथि प्रकाश बहादुर शाहीले श्रमिक महिला सम्बन्धि बैजनाथ गाउँ कार्यपालिकाले कार्यबिधी कानुन बनाएर लागु गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।भने उपस्थित सबैलाई शुभकामना ब्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अन्तमा बैजनाथ गाउँपालिका उपाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष निर्मला रोकायले आगामी दिमहरुमा समेत यस्तो कार्यक्रम लाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गदै शुभकामना सहित कार्यक्रम समापन गर्नुभएको थियो। बुधबार भएको कार्यक्रमको संचालन बैजनाथ गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी ज्ञवालीले कार्यक्रम संन्चालन गर्नुभएको आयोजकले जानकारी दिएको छ।