Saturday, December 28, 2024
spot_imgspot_img
Homeराष्ट्रियबैजनाथ अध्यक्षका उम्मेदवार खनाल द्वारा आचारसंहिता विपरीत ह्युमपाइप वितरण

बैजनाथ अध्यक्षका उम्मेदवार खनाल द्वारा आचारसंहिता विपरीत ह्युमपाइप वितरण

बैजनाथ (बाँके) । बाँकेको बैजनाथ गाउँपालिकामा आचारसंहिता विपरीत ह्युमपाइप वितरणका लागि लैजाँदै गर्दा ह्युमपाईप सहितको ट्याक्टर नियन्त्रणमा लिइएको छ । शनिबार बेलुका वडा नम्बर ४ बाट ह्युमपाइपसहित भे १ त ५६३८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

चुनावको मुखमा आचारसंहिता विपरीत बाटोमा हाल्नका लागि ट्याक्टरमा हालेर ह्युमपाइप लैजाँदै गर्दा स्थानीयले रोकेर प्रहरीलाई खबर गरेका थिए । गाउँपालिकाको सिफारिसमा ती ह्युमपाइप वितरण गर्न लैजाँदै गरिएको बताइए पनि नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार घननाथ खनालले आफ्नो व्यक्तिगत पैसामा खरिद गरेर ह्युमपाइप वितरण गर्न थालेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिइसकेको छ । मतदातालाई प्रभावमा पार्न खनालले ह्य्ुमपाइप वितरण गर्न खोजेको खुलेको छ ।काचुली खबर बाट

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments