Wednesday, December 4, 2024
spot_imgspot_img
Homeराष्ट्रियबैजनाथ अध्यक्षमा प्रकाश शाही भारी मतले बिजयी

बैजनाथ अध्यक्षमा प्रकाश शाही भारी मतले बिजयी

कोहलपुर ७ जेठ/
नेकपा एमालेको गढको रूपमा रहेको बाँकेको बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसका महासमिति सदस्य प्रकाश बहादुर शाही बैजनाथ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । बैजनाथ गाउँपालिका अध्यक्ष शाही उपाध्यक्षमा नेपाली काङ्ग्रेस महासमिति सदस्य निर्मला रोकाया निर्वाचित भएका छन् । अध्यक्ष पदमा कांग्रेसका शाहीले १७९८ मतको अन्तरले विजयी भएका हुन् ।
शाहीले १२ हजार १ सय ८० मत प्राप्त गरे । शाहीका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका घननाथ खनालले १० हजार ३ सय ८२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका दिपेन्द्रबहादुर शाहले ५ हजार २ सय १४ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्ष पदमा कांग्रेसकी निर्मला रोकाय १ हजार ४ सय १९ मतको अन्तरले विजयी भएकी छन् । निर्मलाले १२ हजार १ सय ५२ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी प्रेमपूर्ण योगीले १० हजार ७ सय ३३ मत ल्याईन् ।
यस्तै नेकपा एकिकृत समाजवादीका टंकरनाथ योगीले ४ हजार १० मत प्राप्त गरे । बैजनाथ गाउँपालिकामा नेकपा एमालेको लालकिल्लाको रूपमा परिचित थियो भने ३१ बर्ष पछि सबैलाल किल्ला भत्काउदै नेपाली काङ्ग्रेसले आफ्नो झन्डा गाड्न सफल भएको छ।

गज्जबको कुरा त यो छ कि जब २०६३ सालमा सुर्योदय माध्यमिक बिद्यालय चिसापानीको बि ब्य स अध्यक्षमा पनि प्रकाश बहादुर शाही र घननाथ खनाल बिच भएको प्रतिस्पर्धामा शाही बिजय भएका थिए । शाहिले मनोनयन दर्ताको दिन नै यो रहस्य खुलाउदै भनेका थिए ।घननाथ खनाल र आफ्नो बिच नै प्रतिस्पर्धा हुन्छ अन्तमा आफुनै जित्ने पुर्ब घोषणा नै गरेका शाही अन्तत सहि साबित भएका छन् ।बिजय भए लगतै आफ्नो जित्ने योग रहेको बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments