निर्वाचन नजिक आउदै गर्दा आज भोली चिया पसल देखि चौतारी जताततै स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका बैजनाथ गाँउपालिका अध्यक्ष पदका उम्मेदवार प्रकाश बहादुर शाहीको चर्चा चलिरको छ । भौगोलिक दुष्टिकोर्णले नेपालको सबैभन्दा बढि जनसंख्या भएको बैजनाथ गाँउपालिकालाई आम जनताले फरक दुष्टिकोर्णका हेरिरहेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट बैजनाथ गाँउपालिका अध्यक्ष पदका उम्मेदवार प्रकाश बहादुर शाही बैजनाथबासीका लागि कुनै नयाँ अनुहार नयाँ नाम हैन । वि.स. २०४६ साल देखि नेबि संघबाट राजनितिमा प्रवेश गरेका शाही बैजनाथ गाँउपालिका वडा नं. १ चिसापानीका स्थायी बासिन्दा हुन ।
सुर्यदय मा.बि.का बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा समुदायी बन उपभोक्ता लगाएत बिभिन्न सामाजिक संघ सस्थामा लामो समय देखि बैजनाथ क्षेत्रमा क्रियाशिल रहेका शाही बैजनाथका सामान्य समस्या देखि सबैखाले स्थानीय मुदाहरुका बारेमा जानकार छन् । २०६२/०६३ जनआन्दोलनमा साविक चिसापानी गाविस हाल बैजनाथ गाँउपालिका वडा नं १ को आन्दोलनको नेतृत्व गरेका थिए । नेपाली कांग्रेसको १२ औ महाधिबेशनबाट कार्यबाहक क्षेत्रीय सभापति भई पार्टिलाइ हाकेका शाही पछिलो समय बालक देखि वृद्धसमेतको रोजाईमा परेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट महाधिबेशन प्रतिनिधी हुदै महासमिति सदस्य समेत रहेका शाही असल चारित्रिक गुण र मिलनसार स्वभाव र समाज परिवर्तन संगै सामाजिक आवस्यकता पुरा गर्ने बलियो माध्यम हुनसक्ने मतदाताले अनुमान गर्न थालेको पाईन्छ । बैजनाथका मतदाता अन्य ठाउँका भन्दा फरक भएकोले आफूलाई भोट दिनेमा ढुक्क छन ।
‘अरुले जे सुकै भनुन्, जित्ने त मैले नै हो,’ भन्छन शाही उनले आफु सहित उपाध्यक्ष निर्मला रोकाय र बैजनाथ गाँउपालिकामा नेपाली कांग्रेका तर्पmबाट ८ ओटै वडाका वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान गरी बैजनाथको विकास र समृद्धीको लागि युवा नेतृत्वलाई विजयी गराउन आव्हान गरेका छन ।नेपालगन्ज टुडे बाट