बाँके जिल्लाको बैजनाथ गाउँपालिका कृषि शाखा मार्फत बुधबार देखि कृषकहरुलाई बैजनाथ ६ सम्झना वडा कार्यालय बाट गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले धानको बीउ बितरण शुरु गर्नुभएको छ।
उक्त धानको बीउ बितरण बैजनाथ ६ नम्बर वडा बाट गाउँपालिका अध्यक्ष शाही वडा अध्यक्ष भुपाल पुन वडा सदस्य सुरेन्द्र थापा लगाएतका जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम शुरु गरिएको हो।
किसानहरुको मागलाई मध्यनजर गर्दै स्थानीय सरकारले ५०% अनुदानमा राधाचार धान राम धान र मन्सुली धान गरि तीन प्रकारको धानको बीउ बितरण शुरु गरिएको छ।एकजना किसानलाई १२ किलोको दरले धानको बीउ उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष शाहीले बताउनुभयो। शुरूवात थोरैबाट गरेपनी किसानलाई आवश्यकता मागको आधारमा धानको बीउ उपलब्ध गराउने बैजनाथ कृषि शाखाले जानकारी दिएको छ।