बैजनाथ सम्बादाता
बाँके जिल्लाको बैजनाथ गाउँपालिका नेपाली काङ्ग्रेसले गाउँपालिकाको कार्यलयमा ६ बुँदे ध्यानाकर्षण सहित १ घण्टा धर्ना दिएको छ । बैजनाथ गाउपालिका काग्रेस सभापति देब बहादुर के सि को नेतृत्वमा नेपाली काङ्ग्रेसका नेता ताथ कार्यक्रताहरुकले धर्ना दिएका हुन । गएको असोज महिनामा भएको बेमौसमि बर्षातका कारण बैजनाथ गाउँपालिकामा रहेका किसानहरुको अन्न बालिमा भएको क्षतिको सम्बन्धमा स्थानीय सरकारले स्थलगत विवरण लिई राहतको लागि संबंधित निकायमा लगत नबुझाएको, स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार बैजनाथ गाउँपालिकामा रहेका शिक्षक कर्मचारीहरुको दरबन्दी मिलान सरुवा लगाएतका कार्य गर्दा कार्यबिधी निर्माण गरि बिधिसम्मत गर्नुपर्ने पेशागत संघसंगठनहरुसँग समेत समन्वय नगरी आफुअनुकुल गरिएको दरबन्दी मिलान,लगाउतका छ बुदे ध्यानाकर्षण पत्र बुझाउदै निर्वाचनको नजिकै आएर निश्चित ब्यक्तीलाई पोस्ने कार्य गरेमा कडा रूपमा प्रस्तुत हुने त्यस बाट हुने सम्पुर्ण क्षतिको जिम्मेवारी स्थानीय सरकारले लिने चेतावनी समेत भएको नेपाली काङ्ग्रेस क्षेत्र न ३ (क) का सचीव धिरेन्द्र सिंहले जानकारी दिनुभयो । दुइ दिन अगाडि बैजनाथ गाउँपालिकालाई नेपाली काङ्ग्रेस द्वारा ६ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको थियो ।