Friday, November 22, 2024
spot_imgspot_img
HomeUncategorizedबैजनाथ गाउँपालिका किसानमैत्री काम गर्दै

बैजनाथ गाउँपालिका किसानमैत्री काम गर्दै

बाँके:बैजनाथ गाउँपालिका “किसानसँग पालिका अध्यक्ष” कार्यक्रम अन्तर्गत पशु शाखामा प्राप्त माग अनुसार सोमबार गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बैजनाथका स्थानीय किसानलाई चारा मेशिन मिनि मिल हस्तान्तरण गरेर किसानमैत्री काम गर्न स्थानीय सरकार अग्रसर भएको छ।
उक्त कार्यक्रम अनुसार बैजनाथ गाउँपालिका भित्र ब्यवसायीक पशु पालन गर्ने किसानलाई ५०% प्रतिशत अनुदानमा स्थानीय सरकारले “किसानसँग पालिका अध्यक्ष”कार्यक्रमका तहत चारा मेशिन र दाना बनाउने मिनि मिल २५ थान बितरण गरेको हो। पशु सेवा शाखा प्रमुख खडग बहादुर सिँहले ब्यसायीक पशुपालन गरेका किसानहरुको आबेदनका आधारमा चारा मेसिन र मिनि मिल बितरण गरीएको बताउनुभयो ।
बैजनाथ गाउँपालिकाले खरिद गरीएका कुल ५० थान चारा मेशिन ५० जना किसानलाई ५०% अनुदानमा चारा मेशिन हस्तान्तरण गरिएको हो ।
कृषि तथा पशुपंक्षीमा स्थानीय तहलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ बिग बजेट ब्यवस्थापन गरीएको थियो। किसानको जनस्तर वृद्धि भए मात्र उत्पादन वृद्धि हुन्छ । अन्न फलफुल तरकारी दुग्धजन्य बस्तु अन्डा माछा मासु सबैमा आत्म निर्भर बनाउन कृषकमैत्री बिग बजेट द्वारा किसानलाई सम्बोधन गर्ने कार्यले तिब्रता पाएको छ।
एक वडा एक उत्पादन एक किसान एक अनुदान कार्यक्रम अन्तर्गत बिग बजेट ल्याएको बैजनाथ स्थानीय सरकारले किसानलाई सम्बोधन गर्दा आत्मनिर्भर भएर निर्यात गर्ने उदेश्यका साथ कृषि तथा पशुपंक्षी ब्यवसायीक किसानलाई अनुदान सौलियत प्रदान गर्न ३ करोड बिग बजेट स्थानीय सरकारले बजेट ब्यवस्थापन गरेको थियो।
स्थानीय सरकारले कार्यबिधि निर्माण गरेर किसान शौलियत कार्यक्रम किसान कल सेन्टर आदी संचालन गर्ने गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले बताउनुभएको आर्थिक बिकास समिति संयोजक एवं बैजनाथ ४ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments