बैजनाथ गाउँपालिका वडा नम्बर ६ रामपुरमा आज आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले बैजनाथलाई बालविवाह मुक्त पालिका घोषणा गरेका हुन् । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवको उपस्थितिमा रुचालले बैजनाथलाई बालविवाह मुक्त घोषणा गरेका हुन् ।
बालविवाह मुक्त घोषणा कार्यक्रमलाई सघाउने विभिन्न व्यक्ति, सरकारी र गैरसरकारी संघसंस्थाका १५ जनालाई त्यस अवसरमा सम्मान गरिएको थियो । प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले जिल्लामा बालविवाह रोकथाम परियोजना सञ्चालन गरेर बालविवाह मुक्त अभियानलाई अगाडि बढाइरहेको परियोजना प्रमुख जगदिश थापाले बताए ।