बाँके:बैजनाथ गाउँपालिका कार्यापालिकाको बैठक बाट महा भुकम्प दैविक प्रकोपमा परेका जाजरकोट र रुकुमका भुकम्प पीडितहरुलाई राहत सहयोग स्वरुप २ लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले जानकारी दिनुभयो ।
शुक्रबार बेलुका रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का देशभर महशुस गरिएको थियो।बिपदको घडिमा स्थानीय सरकारले सक्दो सहयोग गरेको छ। अरुले पनि सक्दो सहयोग गरेर महाबिपदको सामना गर्न एकजुट हुन सबै नेपाललाई अध्यक्ष शाहीले अनुरोध गर्नुभएको छ।
सहयोग रकम बाँके जिल्ला प्रशासन मार्फत एकद्वार प्रणाली बाट सहयोग गरीने उहाँले बताउनुभयो ।