Thursday, November 21, 2024
spot_imgspot_img
Homeस्थानीयबैजनाथ द्वारा विद्युतीय चुलो बितरण

बैजनाथ द्वारा विद्युतीय चुलो बितरण

बाँके बैजनाथ गाउँपालिका स्थानीय सरकार द्वारा ६६ र ६७ बर्ष उमेर समुहका बैजनाथ १ देखि ८ वडा सम्मका महिला लक्षित ,एकल महिला,जेष्ठ आमाहरुको स्वास्थ्युलाई ख्याल गर्दै चुलोको बिकल्प धुँवाबाट स्वास्थ्यमा पर्ने नकारात्मक असर कमि गर्ने हेतुले बिधुतिय चुलो वितरण बितरण गरिएको छ।
उक्त चुलो बितरण कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही,उपाध्यक्ष निर्मला रोकाय,आर्थिक बिकाश समितिले संयोजक प्रेम बहादुर शाही बैजनाथ ३ का वडा अध्यक्ष निखिल बैगार कार्यपालिका सदस्य कृष्ण सुनार लगाएत स्थानीय एकल महिलाहरुको उपस्थितिमा विद्युतको चुलो हस्तान्तरण गरीएको अध्यक्ष शाहीले बताउनुभयो ।

हरेक बर्ष विभिन्न उमेर समुहका जेष्ठ नागरिकहरुलाई आवश्यक सामाग्री बैजनाथको स्थानीय सरकारले हस्तान्तरण गर्ने गरेको छ। गत बर्ष चिसोमा तातोपानी पिउँन विद्युतको केतलि बितरण गरेको थियो।यो आर्थिक बर्षमा महिलाहरुलाई ख्याल गर्दै पेट्रोलियम पदार्थको मुल्य परिवर्तन संगै आम नागरिकको भान्सा महंगो भएको थियो।
एल.पि.जि.ग्यासको मुल्य वृद्धि भएकोले भान्सा शुलव बनाउन विद्युतीय चुलो बितरण गरिएको हो।बिहिवार बैजनाथ गाउँपालिकाले सबै वडामा विद्युतको चुलो स्थानीय नागरिकलाई हस्तान्तरण गरिएको हो।विद्युतको चुलो बितरण गरेपछि आर्थिक रूपमा दैनिक भान्सामा ग्यासको तुलनामा विद्युत खपत कम हुने छ। मासिक रूपमा भान्सा सस्तो बनाउएर स्थानीय नागरिकको जिबन सहज हुने अध्यक्ष शाहीले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments