Monday, November 25, 2024
spot_imgspot_img
HomeUncategorizedबैजनाथ द्वारा ३ दिने दलहन प्रबर्द्धन कार्यक्रम सम्पन्न

बैजनाथ द्वारा ३ दिने दलहन प्रबर्द्धन कार्यक्रम सम्पन्न

बाँके:बैजनाथ गाउँपालिका कृषि बिकास शाखाको आयोजनामा देउराली कृषि सहकारी संस्था लि.बैजनाथ ३ स्थित सहकारीको सभाहलमा बैजनाथ गाउँपालिकाका स्थानीय कृषकहरुलाई तीनदिने दलहनबाली प्रबर्द्धन तथा आधुनिकीकरण सम्बन्ध तालिम सम्पन्न भएको छ।

बैजनाथ गाउँपालिकाले शुरु गरेको किसानमुखि कार्यक्रम “किसानसँग पालिका अध्यक्ष”कार्यक्रम लाई प्रभावकारी र उपलब्धिमुलक बनाउन स्थानीय सरकारले कृषितर्फको बजेट वृद्धि गरेपछि । कृषि बिकाश शाखा ले बिगतभन्दा फरक कार्यक्रम संन्चालन गर्दै आएको छ। तालीममा सिकेका कुराहरू आफ्नो वडामा कृषि काम गर्दा बिधिको प्रयोग गर्ने तालिममा सहभागी किसानले बताउनुभयो ।
दलहन बाली प्रबर्द्धन सम्बन्धि पालिका स्तरीय ३ दिने तालिममा बैजनाथ गाउँपालिका वडा नम्बर १ देखि वडा नम्बर ८ सम्मका दलहन बाली उत्पादन गरेर स्थानीय सरकारलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ दलहनबाली प्रबर्द्धन कार्यशाला गोष्ठी एवं तालीम संचालन गरीएको बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments