- बाँकेको बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीे संग बैजनाथ राष्ट्रिय दैनिकका सम्बादाताले गरेकोे कुराकानीः…
अध्यक्ष ज्यु नमस्कार,बैजनाथ संम्वादमा यहाँलाई स्वागत छ ।
हस धन्यवाद छ यहाँलाई
अध्यक्ष ज्यु तपाईंले चुनावमा जनताको माझ गरेका कति प्रतिबद्धताहरु भए ?
जुन चुनावमा प्रतिबद्धता गरिएको थियो ति मध्ये हाल सम्म म र सम्पुर्ण गाउँपालिका को टिमले गाउँकार्यपालिका वडा बस्ती सबैमा लागु हुने सबैको बिकासका लागी सर्बपक्षिय काम गरेका छौँ । विषयगत शाखा देखी शिक्षा,स्वास्थ,कृषि र भौतिक पुर्बाधारमा बजेटको लगानी गरिएको छ । हाम्रो तर्फबाट सबै काम पुर्न रूपमा सफल भएका छन् । चुनावका प्रतिबद्धता भनेको जनताको अपेक्षा र माग हो सोहि अनुरुप हामिले काम गरिरहेका छौं
शिक्षामा के परिवर्तन गर्न सफल हुनुभयो ?
पक्कैपनि हामीले सबैलाई सहज स्थानीय सरकारको महसुस गराउन सफलता भएका छौ शिक्षाको कुरा गर्दा सर्बप्रथम आधारभुत तह अनिवार्य र निशुल्क गर्न सफल भएका छौँ ।विद्यार्थीको आधारमा आवश्यक पर्ने जनशक्ति गाउँपालिका बाट ब्यवस्थापन गरिएको छ ।त्यसैक्रममा जनता आदर्श मा वि मा बिगत दुई बर्ष देखी प्राबिधिक शिक्षालय १८ महिने कृषि प्राबिधिक शिक्षा प्रदान गर्दै आएका छौँ । त्यसैगरी बैजनाथ गाउँपालिका का बिद्यार्थि भाईबहिनीहरुलाई उच्च शिक्षा हासिल गर्नलाई स्थानीय स्तरमानै क्याम्पस स्थापना गर्ने उदेश्यले शुभ प्रभात बहुमुखी क्याम्पस को अवधारणा सहित आवश्यक पर्ने जग्गाको ब्यवस्थापन गरेका छौँ अब विश्वविद्यालय बाट सम्बन्धन ल्याउने प्रक्रियामा छौ ।
अन्य भौतिक पुर्बाधार निर्माण के कस्तो भईरहेको छ ?
स्थानीय जनताको आवश्यकता नै हाम्रो आवश्यकता हो त्यही आवश्यकतालाई मध्यनजर गर्दै माग र आवश्यकताको आधारमा झोलुङ्गे पुल तथा साना पुल निर्माण गरेका छौँ ।च्यामा चिसापानी मानखोलामा झोलुङ्गे पुल त्यसैगरी मानखोलामा मिट्टि डाँडा मकैबारी चिसापानी झोलुङ्गे पुल,बानियाभारमा बि पि मेमोरियल स्कुल आउने बिद्यार्थि तथा स्थानीयहरुलाई आवत जावत गर्न झोलुङ्गे पुल निर्माण भएको छ ।पेडारि नालामा पेडारि गाउँ देखी पश्चिम ट्रस पुल निर्माण गरिएको छ।त्यसैगरी बैजनाथ ५ र २ वडा जोड्न भज्यागौरिमा पुल निर्माण गरिएको छ। बनकटवा देखी जेठिनाला पार गर्न सानो पुल निर्माण गरिएको छ र अन्य आवश्यक परेका स्थानहरुमा पुल निर्माण गर्ने प्रक्रियामा छौँ ।
स्वास्थ क्षेत्रमा के कस्ता कामहरु भईरहेका छन ?
स्वास्थको हिसाबले साबिकको गाबिस अनुसार सेवा प्रदान गर्दै आएकोमा हाल सबै वडाहरुमा अनिवार्य सामुदायिक स्वास्थ केन्द्रहरु स्थापना गरेर सेवा सुचारु गरेको अवस्था छ।
बैजनाथ गाउँपालिकाले हालसम्म भुमि सम्बन्धी के कस्ता कार्य गरेको छ ?
हाम्रो हकमा कुरा गर्नुपर्दा भुमी सम्बन्धि काम गर्ने र जग्गा धनी पुर्जा बितरण गर्ने पुर्ण अधिकार दिएको छ तर पनि हात बाधेर पौडीखेल भने झै कहिलेकाही आभास पनि हुन्छ । तर पनि बैजनाथ गाउँपालिका ६ सम्झनामा बस्दै आएका कुल १ सय १३ घरदुरिलाई केहि समय अगाडि प्रदेश ५ का मुख्यमन्त्री र कृषि भुमी तथा सहकारी मन्त्रीको हातबाट पुर्जा बितरण गर्न सफल भएका छौँ । अन्यत्र घरबास बनाएर ऐलानीमा लामो समयदेखी बस्दै आएका सबैलाई जग्गा धनी पुर्जा बितरण गर्ने प्रक्रियामा छौँ ।
नौवस्तामा औद्योगिक क्षेत्र बस्दै आएका नागरिकहरुको ब्यवस्थापन कहिलेसम्म हुन्छ ?
हाम्रो स्थानीय स्तरका नागरिकहरुको मानव बस्ती ब्यवस्थापन गरेर मात्र काम शुरु हुन्छ। विकाश र प्रक्रियाले केहि समय लाग्न सक्छ।त्यसैले हामिले औद्योगिक क्षेत्र स्थापना पछि स्थानीयलाई रोजगारीको ग्यारेन्टी का साथै बस्ती ब्यवस्थापन गर्न स्थानीय सरकार प्रतिबद्ध छ।
बैजनाथ गाउँपालिका भित्र पर्यटनको अवस्था के छ ?
एकदम राम्रो प्रश्न बैजनाथ गाउँपालिका आफैमा प्राकृतिक सौर्न्दर्यले भरिपुर्ण छ। तथापि अझै आकर्षक बनाउन मानसरोवर प्रतिकात्मक बोटानिकल गार्डन पौडी पोखरी भ्यु टावर बैजनाथ ६ लालपुरमा निर्माण हुँदै छन् ।अर्कोतिर गाभर भ्यालीमा निर्माण भएको लाईन्स गाभर पार्कको २० बिघा जग्गा घेराबार गरेका छौँ । स्थानीय स्तरमा बिभिन्न प्रकारका होम स्टेहरुले अझै बैजनाथमा पर्यटक आउन प्रोत्साहन गरिरहेका छन ।
सडकको अवस्था कस्तो छ ?
सडकको कुरा गर्नुपर्दा हालसम्म बैजनाथ गाउँपालिका भरी कुल २२ किलोमीटर सडक कालोपत्र भएको छ।९ किलोमीटर सडक स्तरोन्नति भएको छ ।बहुउद्देश्यीय सभाहल निर्माण भएको छ।बैजनाथ ५ को बनकटवा र बैजनाथ ३ को नौवस्तामा सामुदायिक भवन निर्माण गरिएको छ।त्यसैगरी बैजनाथ ३ सुतैयामा थारु सामुदायियहरुका पौराणिक कला संस्कृतिलाई जगेर्ना गर्न थारु संग्रहालयको निर्माण गरिएको छ।
बैजनाथ गाउँपालिकाको प्रशासनिक भवन निर्माण स्थल बिबादास्पद भन्ने कुरा आएको छ नि वास्तविकता के हो ?
सर्बप्रथम हामीले प्रशासनिक भवन निर्माण गर्नुभन्दा पहिले उपयुक्त र सबैलाई पाएक पर्ने स्थानको खोजी गर्दा बैजनाथ ५ बनकटवा कोहलपुर न्यु सिटि बैजनाथ ६ को न्यु हरियाली सामुदायिक बनको क्षेत्र लालपुर र बैजनाथ ५ को रामपुर मध्ये सबैलाई दुरिका हिसाबले सबैलाई बरापर पर्ने स्थान बैजनाथ ५ को रामपुर उपयुक्त स्थानमापर्यो। गाउँपालिकाको सर्बदलिय भेला बाट रामपुर नै उपयुक्त स्थान भनेर पारित गरियो।गाउँसभा बाट पनि पारित भयो।सामुदायिक बन उपभोक्ता समुहले आवश्यक पर्ने जग्गा उपलब्ध गराउन भेला बाट सर्बसहमत निर्णय गरेर कुल ११ बिघा जग्गा दिन तयार भएपछी सम्पुर्ण फायल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त रामपुरमा बैजनाथ गाउँपालिकाको प्रशासनिक भवन राजपत्रमा प्रकाशित भएको छ। त्यसपछि सामुदायिक बनभित्र पर्ने र केहि सिसौका रुखहरु रहेकोले बन सम्बन्धि बन मन्त्रालयमा आवश्यक प्रक्रियामा छ।
अन्त्यमा अनुमती बिना रुख काटिएको भन्ने बाहिर आएको छ नि वास्तविकता ?
हो त्यहाँ केहि रुखहरु थिए तर प्रायः रुखहरु सुकेका र साना रुईनी धाईरो जस्ता साना बुट्यान सफा गरिएको छ ।
कुराकानीका लागी समय दिनु भो यहाँलाई धन्यवाद ।
हस यहाँलाई पनि धन्यवाद