Thursday, November 21, 2024
spot_imgspot_img
Homeसम्पादकियबिचारबैजनाथ २ को नौवस्तामा चन्द्रबिर चोक नामाकरण

बैजनाथ २ को नौवस्तामा चन्द्रबिर चोक नामाकरण

सोमबार १२ बैशाख

बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा न २ पितमारी नौवश्ता औद्योगिक क्षेत्र र क्षेत्रीय कारागार को मुख्य गेट नजिक सोमबार एक कार्यक्रम मार्फत चन्द्रबिर चोक नामाकरण गरिएको छ।

लामो समयसम्म नौवस्ता बस्ती बसाल्नकै लागी पटक पटक बन मुद्वा खेपेर जेल बसेका चन्द्रबिर कामीलाई सम्मान स्वरुप स्थानीय बासिन्दा र युवाहरूको पहलमा बैजनाथ गाउँपालिका २ का अध्यक्ष प्रेम बहादुर थापाको प्रमुख आतिथ्यमा चन्द्रबिर चोकको बोर्ड स्थापना गरि चोकको नामाकरण गरिएको हो।चन्द्रबिर कामीले आफ्नो अधिकाश जिबन समाज सेवामा ब्यतित्त गरेका छन् । उनिसंग न कुनै स्वार्थ छ न कुनै लोभ र लालच बाँके जिल्ला बाट प्रतिनिधि सभामा नेकपा माक्र्सवाद बाट चुनावि मैदानमा उत्रिए पनि प्रचारप्रसारमा उहाँ  आफु एक्लै एक्लै झोला बोकेर पैदल घर घरमा पुग्ने गर्छन् ।चन्द्रबिर हाल ५२ बर्षका भए र उनि अबिवाहित नै छन् । प्लान नेपाल द्वारा शिशु कक्षा संचालनका लागी बनाईएको माटाेको कच्ची घरमा बिगत केहि बर्ष यता उहाँ बस्दै आउनुभएको छ। उहाँको तराईको खेतियोग्य सम्पुर्ण जङ्गलमा खेती गर्ने र पहाडका जङ्गलमा राष्ट्रिय निकुञ्ज बनाए मात्र देशले प्रगति गर्ने उहाँ बताउनु हुन्छ।चन्द्रबिर चोक नामाकरण गरेर उहाँको सम्मान स्वरुप अब ईतिहासमा उल्लेख हुने कुरा प्रमुख अतिथी थापाले बताउनुभयो भने पछीका नयाँ पुस्ताले नौवस्ता बस्ती कस्ले बसालेको कदापी भुल्न नहुने समेत प्रमुख अतिथी थापाले बताएको स्थानीय युवा समाजसेवी अजय बैगारले जानकारी दिनुभयो ।

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments