बुधबार १ पुस,बाँकेको बैजनाथ गाउँपालिका ३ स्थित बुधबार प्लान ईन्टरनेशनल नेपालको सहयोग र स्याक नेपाल बाँकेको आयोजनामा बाल विवाह रोकथाम परियोजना अन्तर्गत बाल विवाह रोकथामका लागी किशोर किशोरीहरुसंग अन्तरक्रिया सम्पन्न भएको छ।
युवाहरू भबिष्यका कर्णाधार भएको कारण सम्पुर्ण जिम्मेवारी युवाहरूको काँधमा छ त्यसैले बिवाहबारी २० बर्ष पारी अपनाऔं साथै छोरा र छोरीमा भेदभाव नगरेर बराबरको ब्यवहार गर्न सिकौं र जनचेतना समाजमा फैलाउने जिम्मेवारी युवा युवतिहरुको भएको बैजनाथ ३ का अध्यक्ष राम चरण थारु ले बताउनुभयो ।
बाल विवाह न्यूनीकरण सम्बन्धि बैजनाथ गाउँपालिका वडा नम्बर १ देखी वडा नम्बर ८ सम्म संचालन गरिने स्याक नेपाल का फिल्ड सुपरवाईजर बबिता सिंहले जानकारी दिनुभयो।