कोहलपुर १६ कार्तिक
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ मा सोमबार बाल बिबाह मुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीको प्रमुख आतिथ्यमा “बिहे वारी २० बर्ष पारी“ भन्ने मुल नाराका साथ बाल बिबाह मुक्त वडा घोषणा गरिएको हो । गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल उपाध्यक्ष शारदा बिश्वकर्माे वडालाई बाल बिबाह मुक्त वडा घोषणा गरेका हुन । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति रुचालले २० वर्ष नपुगी विवाह गरेको वा गराइएको पाइएमा कारबाही गरिने बताए ।
वडा अध्यक्ष भद्र बहादुर बस्नेतको अध्यक्षता भएको कार्यक्रममा बाल विवाह अत्य वडा बनाउनका लागि प्लान नेपालको आर्थिक सहयोगमा स्याक नेपाल बाँकेले विभिन्न चरणमा सर्वे तथा जनजागरणमुखि कार्यक्रममा वडा स्तरमा संचालन गरेको थियो । कार्यक्रममा वडा स्तरमा वाल विवाह अत्यका लागि क्रियाशिल किसोरी क्लब बाल क्लब युवा क्लब संघ संस्था लगाएत लाई प्रमाणपत्र तथा सम्मान गरिएको थियो ।कार्यक्रममा बैजनाथ गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत तप्तराज आचार्य ,कर्मचारी ,प्रहरी स्थानीय राजनितिक दल ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।