Sunday, January 12, 2025
spot_imgspot_img
Homeस्थानीयबैजनाथ ६ मा हाम्रो जित सुनिश्चित छ:वडा अध्यक्ष पदका उम्मेदवार:खत्री

बैजनाथ ६ मा हाम्रो जित सुनिश्चित छ:वडा अध्यक्ष पदका उम्मेदवार:खत्री

बैजनाथ सम्बादाता
बाँकेको बैजनाथ गाउँपालिका ६ मा स्थानीय निर्वाचनको लागि नेकपा एमाले बैजनाथ गाउँपालिका अध्यक्ष पदका उम्मेदवार घननाथ खनाल र उपाध्यक्ष पदका उम्मेदवार प्रेम पुर्णा योगि ६ नम्बर वडा अध्यक्ष पदका उम्मेदवार चक्र बहादुर खत्री महिला सदस्य पुतली हमाल दलित महिला सदस्य गंगा सुनार खुल्ला सदस्य दयाराम थारु खुल्ला सदस्य राम कुमार सुनार लगाएतको टिमले चुनावी घर दैलो कार्यक्रम समापन गरेको छ।

नेकपा एमाले बैजनाथ ६ अध्यक्षका उम्मेदवार खत्री बुवा कालुराम खत्री आमा भिमा खत्रीको २०२१/०५/०१मा सुर्खेत जिल्लाको काफलकोट गा बि स २ नाहा गाउँमा कान्छो छोराको रूपमा जन्मभयो २०२७ सालमा सुर्खेत देखि बैजनाथ ६ मा स परिवार बसाइँसराइ गरेर आउनुभएको थियो। लामो समय राजनीतिक पृष्ठभुमी बिद्यार्थि जिबनदेखी नै बामपंथी निकट बिद्यार्थि राजनीति बाट आफ्नो बिचारधारामा कम्युनिस्ट राजनीतिमा प्रवेश गरेका खत्रीको समाजमा स्वच्छ छवि स्पष्ट बक्ताको रूपमा करिब ३ दशक लामो नेकपा एमालेको राजनीति पछि पहिलो पटक स्थानीय निर्वाचन मार्फत जनताको सेवामा होमिनुभएको छ।
बैजनाथ गाउँ कमिटी सदस्य,युवा संघको जिल्ला सदस्य ईश्वरी माध्यमिक बिद्यालयको बि ब्य स अध्यक्ष एक कार्यकाल जेठिनालामा स्थानीयलाई आवतजावत गर्न सहजताका लागि जनसर्बदान गरेर पुल निर्माण गर्नुका साथै २०५४ सालमा फोर्सको क्षेत्र नम्बर ३ को ईन्चार्ज रहेर सफलता पुर्बक आफ्नो राजनीतिक जिबनलाई अवतर गर्ने प्रयास गरेता पनि प्रत्येक्ष रूपमा निर्वाचित भएर काम गर्ने अवसर सधैं अरुलाई नै सहयोग समर्थन गर्नुभएको थियो।
खत्री सँगै सदस्यहरु पनि सबै बहुप्रतिभाशाली र सामाजिक क्षेत्रमा लागेका खत्रीको टिममा महिला सदस्य पुतली हमाल र खुल्ला सदस्य सदस्य दयाराम थारु गत स्थानीय निर्वाचनमा बैजनाथ ६ को सदस्यको रूपमा काम गरि सक्नुभएको। अनुभव प्राप्त हुनुहुन्छ भने त्यसैगरी लामो समय समाजसेवीको रूपमा काम गर्दै आउनुभएको खुल्ला सदस्य राम कुमार सुनार र गँगा सुनार दुबै जना स्थानीय समाजलाई नजिक बाट निहाल्यका ब्यक्तीहरु हुनुहुन्छ । यसरी समग्र रूपमा नेकपा एमाले बाट बैजनाथ ६ का वडा अध्यक्ष र सदस्यहरु सबै लामो समय देखि समाज सेवामा निरन्तर रहेकाले अब नेकपा एमाले बैजनाथ ६ नम्बर वडामा नेकपा एमालेको बिकल्प नभएको नेकपा एमाले निर्वाचन परिचालन कमिटी संयोजक दिल बहादुर विश्वकर्माले बताउनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments