Thursday, November 21, 2024
spot_imgspot_img
Homeराष्ट्रियबैजापुरमा विद्युतिकरणको काम अगाडी बढाउन अथकको निर्देशन

बैजापुरमा विद्युतिकरणको काम अगाडी बढाउन अथकको निर्देशन

राप्तीसोनारी :
बाँके क्षेत्र न १ प्रतिनिधिसभा सांसद महेश्वर गहतराज“अथकले बैजापुरको बिद्युतिकरण कामको छिटो अगाडी बढाउन निर्देशन दिएका छन आईतबार क्षेत्रीय बिद्युत प्राधिकरण नेपालगन्ज प्रमुख मुनिन्द्र ठाकुर तथा ईन्जिनियर सहितको टोली सहित बैजापुर क्षेत्रमा स्थलगत अनुगमन पश्चात बैजापुरमा विद्युतिकरणको काम छिटो अगाडी बढाउन निर्देशन दिएका हुन । हाईवे पोष्टका सम्वादातालाई प्रतिक्रिया दिदै सघिय सांसद अथकले विगत १० वर्षेदेखी ठेकेदारको ढिलाईका कारण बैजापुर क्षेत्रमा विद्युत विस्तारको काम अघि बढ्न नसकेको बताउदै अब बैजापुरमा विद्युत विस्तारको काम अघि बढेको बताए ।

गत ६ गते मंगलबार ९ वर्ष अघि देखी श्री गौरी पार्वती र श्रीम उष्मा र जनरल जेभीसंग भएको बिद्युतीकरणको ठेक्का रद्ध भएपछि बैजापुरमा विद्युतीकरणको सुरु गर्न बाटो खुलेको हो । सो क्षेत्रमा विद्युत विस्तारका लागी ९ वर्ष अघि ठेक्का मार्फत विद्युतीकरणको काम गर्नका लागि श्री गौरी पार्वती र श्रीम उष्मा र जनरल जेभीसंग भएको बिद्युतीकरणको ठेक्का सम्झौता भएको थियो । ।तर ठेक्का मार्फत सो क्षेत्रमा विद्युत विस्तारको रोकिएको थियो ।
नेपाल बिद्युत प्राधिकरणले ठेकेदार राजेन्द्र मिश्र संग ९ बर्ष अघि सम्झौता भएर रोकी राखेको ठेक्का रद्द गरेपछि अव प्राधिकरण आफैले गर्ने निर्णय गरेको छ । अव सो क्षेत्रमा बिद्युत बिस्तारको काम सहज भएको हो । रद्ध गरे संगै सो क्षेत्रका जनताले अव चाडो बिद्युत सेवा पाउने भएका छन
जनताको बिद्युत उपयोग गर्न पाउने कुरालाई पुरा गर्ने संकल्प र दृढताका साथ उक्त ठेक्का रद्व गरिएको भन्दै बिद्युतीकरणको काम अव तत्काल तिव्रतापूर्पक अगाडी बढ्ने बताए । साबिकको बैजापुर र नरैनापुरको बिद्युतीकरणको काम अबरुद्व भएकाले ठेक्का रद्धसंगै अव जनताले छिटै बत्ति बाल्न पाउने बाँके क्षेत्र नं १ का साँसद एंव नेकपा नेता महेश्वर गहतराज अथकले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments