बैतडीमा बस दुर्घटनामा मृत्य भएका मध्ये ७ जनाको पहिचान खुलेको छ । दार्चुलाको गन्ना देखि कञ्चनपुर महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।
मृतक मध्ये ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
मृत्यु हुनेमा कन्चनपुरको भिमदत्त नगरपालिका ८ की कृतिका कार्की, बैतडीको डोगडाकेदार गाउँपालिकाका ६ का प्रहरी जवान रण बहादुर चन्द रहेका छन । त्यस्तै अन्य ठेगाना नखुलेका नरेन्द्र चौधरी, जगन्नाथ ओझा, बिमल बडु, तारा गिरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
मृत्यु भएका अन्य २ जनाको भने पहिचान खुल्न सकेको छैन ।मृतम मध्ये १ जनाको शव डडेल्धुरा अस्पताल र बाकीको शव जिल्ला अस्पताल बैतडीमा राखिएको प्रहरीले जनाएको छ ।
बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका छन । घाइतेको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भईरहेको प्रहरीले जनाएको छ । केहि घाईतेलाई भने धनगढी रिफर गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।