कोहलपुर १७ असोज
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न ८ स्थित भगवती सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा टिकाराम वली चयन भएका छ्न । शनिबार सम्पन्न समुहको २१ औ साधारण सभाबाट वली अध्यक्षमा निर्वाचित भएका हुन ।
त्यस्तै समुहको उपाध्यक्ष तिला के सि कोषद्य्क्षमा झलक वली सचिबमा यमी राना र सह सचिब निमा पुन चयन भएका छ्न ।
त्यस्तै समितिको सदस्यहरुमा गंगा केसी ,चित्रा रावत,छविलाल बस्नेत ,हिमी खत्री ,सरस्वती डागी,जिवनकला खड्का ,विष्णु शाह,र गंगा खत्री चयन भएका छ्न । साधरणसभाको उदघाट्न सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अथिती तथा राप्तीसोनारी गाउँपालिका वडा न ९ का वडाध्यक्ष खुम बहादुर बस्नेतले सामुदायिक वनको विकास र संरक्षणमा स्थानीयको महत्त्वपूर्ण भुमिका रहेको बताउदै आगामी दिनहरूमा थप संरक्षणमा लाग्न आग्रह गरे । कार्यक्रम सम्शेरगज सब डिभिजन कार्यालय ओभरीका रेन्जर चन्द्र नेपाली , समुहका उपभोक्ता लगायतको सहभागीता रहेको थियोे ।