Saturday, November 23, 2024
spot_imgspot_img
Homeस्थानीयभरतपुर महानगरको प्रमुखमा दोस्रोपटक रेनु दहाल बिजयी

भरतपुर महानगरको प्रमुखमा दोस्रोपटक रेनु दहाल बिजयी

भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा पाँचचदलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन ।महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन ।

दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी हुन् । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेका छन । यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे ।

दाहाल २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिइन ।भरतपुर महानगरका २९ वडामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments